धादिङ / धादिङको थाक्रे गाउँपालिका-२ हुलाकडाँडामा दुई वटा माइको बस ठोक्किँदा २२ जना घाइते भएका छन् ।
काठमाडौंबाट गोरखाका लागि छटेको बा३ख ६१६४ नम्बरको माइक्रो र काठमाडौं आउँदै गरेको बा४ख ११८७ नम्बरको माइक्रो ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई थाक्रे पोलिक्लिनिक र अन्य अस्पतालहरुमा उपचारपछि थाप उपचारका लागि काठमाडौं पठाइएको छ।
घाइतेमध्ये थाक्रे पोलिक्लिनिकमा ७ जना, अन्नपूर्ण न्यूरो अस्पताल काठमाण्डौमा ३ जना, ट्रमा सेन्टर काठमाण्डौमा ८ जना, मेडिसिटी अस्पतालमा २ जना, सुभेक्षा अस्पतालमा २ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
बा३ख ६१६४ नम्बरको माइक्राेका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का चालक भने फरार रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये दोलखा जिरीकी ३५ वर्षीया मञ्जुमायाँ कार्कीको अवस्था गम्भीर भएकाले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
सार्वजनिक ऋण २० खर्ब नाघ्यो
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपालको कुल सार्वजनिक ऋण २० खर्ब ७ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार पहिलो त्रैमासिक अवधिसम्ममा नेपालको बाह्य ऋण १० खर्ब ५० अर्ब छ भने आन्तरिक ऋण ९ खर्ब ५७ खर्ब बराबर छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !