इटहरी ।
धरानको एउटा गेष्ट हाउसमा महिलाको शव फेला परेको छ। हत्या गरिएको अवस्थामा पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएकी अन्दाजी ४० वर्षकी सुमित्रा तामाङको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार ती महिलासँगै बसेका पुरुष भने फरार छन्।
धरान उपमहानगरपालिका-१७ स्थित कान्तिपुर गेष्ट हाउस एन्ड लजमा उनीहरू फागुन १५ गते आएर बसेका थिए। ‘मंगलबार राति हत्या गरेर पुरुष फरार भएको बुझिएको छ,’ कुँवरले सेतोपाटीसँग भने।कुँवरका अनुसार महिलाको अनुहारमा चोट पटक छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरेको छ।
‘मृतकका आफन्तलाई खबर गरेका छौं, आफन्त आएपछि शवको मुचुल्का तयार पारी अनुसन्धान अघि बढाउँछौं,’ कुँवरले भने, ‘फरार व्यक्ति को थिए भन्ने थाहा भइसकेको छ, उनको खोजी भइरहेको छ।’
आफ्नो प्रतिक्रिया दिनुहोस् !