सर्लाही । सर्लाहीको राजघाटमा क्रे’नको ठ’क्क’रबाट स्कुल हिँडेकी बालिकाको ज्यान गएको छ । बागमती नगरपालिका–७, राजघाट बिहीबार साइकलमा स्कुल जाँदै छात्रागरेकीलाई क्रे’नले ठ’क्क’र दिएका थियो ।
क्रे’नको ठ’क्क’रबाट सोही स्थानकी १७ वर्षीया छात्रा सुमित्रा परियाको घटना स्थलमै मृ’त्यु भएको हो । आ’क्रो’शित स्थानीयले श’व उठाउन दिएका छैनन् । स्थानीय र पीडित परिवारलाई सम्झाइबुझाई श’व उठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आ’क्रो’शित स्थानीको भीडले बालिकालाई ठक्कर दिने क्रेनमा तो’डफो’ड र आ’गज’नी गरिदिएका छन् ।
भीड अनियन्त्रित भएपछि प्रहरीले नियन्त्रणको प्रयास गरेको थियो । तर, विद्यालयका विद्यार्थी ढुं’गा’मु’ढासहित सडकमा आएपछि प्रहरीसमेत पाछिहट्नु परेको थियो । उनीहरूले प्रहरीमाथिसमेत ढुं’गामु’ढा गरेका थिए । सोही क्रममा ढुं’गा ला’गेर इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक नरेन्द्र मरवैतासहित चार प्रहरी घाइते भएका छन् ।
नव जनजागरण माद्यामिक विद्यालयका विद्यार्थी घटनास्थलमा जम्मा भएर नारा जुलुस गरिरहेका छन् । क्रे’नमा लगाइएको आगो नियन्त्रणका लागि पुगेका हरिवन नगरपालिकाको दमकलसमेत उनीहरूले फर्काइदिएका छन् । घटना स्थलको स्थिति नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमा शंकरप्रसाद यादवले जानकारी दिए ।
घटनास्थल सुरक्षाका लागि अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।आ’गज’नीबाट क्रे’नको अधिकांश भाग जलेर क्षति पुगेको छ । प्रत्यक्षदर्शीका अनुसार मृ’तक सुमित्रा र उनकी भाउजू पनि साइकलमा सवार रहेका थिए । परियारलाई साइकलमा विद्यालय जाँदै गर्दा विपरीत दिशाबाट आउँदै गरेको क्रे’नले ठ’क्क’र दिएको प्रत्यक्षदर्शीको भनाई छ ।
मृ’तक छात्रा नव जजागरण माद्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन् । उक्त क्रे’न केही दिन यता गाउँमा विद्युत् पोल गाड्ने, उखेल्ने काममा प्रयोग हुँदै आइरहेको थियो । घटना लगतै प्रहरीले क्रेनका चालकसहित सवार तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !