इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेकी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका असई निलम्बनमा परेका छन् । इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।
साउन ११ मा बहुविवाह गरेका कसुरमा एक महिला थुनामा परेकी थिइन् । उनलाई असई चौलागाईंले साउन १२ मा राति २ बजे सोधपुछका लागि हिरासतबाट झिकाएका थिए । सोधपुछको आवरणमा महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । असई चौलागाईं विरुद्ध महिलाले जबर्जस्ती करणी प्रयास गरेको आरोपमा जाहेरी दिएकी छिन् । असइविरुद्ध जिल्ला अदालतबाट जबर्जस्ती करणी उद्योगमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।
भारतसँग नेपाल ८-० ले पराजित
काठमाडौं । साफ यु-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरूद्ध लज्जास्पद हार ब्यहोरेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा आइतबार राति भएको खेलमा भारतले नेपाललाई ८–० ले पराजित गरेकाे हाे ।
भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले २ -२ गोल गरेका थिए । त्यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलले १-१ गोल थपेका थिए । पहिलो हाफमा १ गोल मात्रै गरेको भारतले दोस्रो हाफमा ७ गोल थपेको हो । जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो भने भारतको दोस्रो जित हो ।
यो खेलसँगै फाइनल प्रवेशको दौड कठिन बनेको छ । समूहका तीन खेलबाट ९ अंकसहित बंगलादेश शीर्ष स्थानमा रहेको छ । भारत र नेपालको समान ६–६ अंक रहेकाे छ । अब प्रतियोगिताको फाइनलमा पुग्न नेपालले समूहको अन्तिम खेलमा बंगलादेशलाई हराउनुपर्ने हुन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !