काठमाडौं । आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। काठमाडौँबाट ज १२ प ५२२५ नम्बरको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका-३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो।
जनकपुर-ढल्केबर खण्डअन्तर्गत महेन्द्रनगरमा भएको दुर्घटनामा परी गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यो पनि, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा ‘स्टार्टअप इकोसिस्टम’लाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताउनुभएको छ ।
आज अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले कमजोर इकोसिस्टमका कारण दक्षिण एशियामा स्टार्टअप व्यवसायले धेरै समस्या झल्नुपरेकाले यसको सहजीकरणका लागि राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी रहेको बताउनुभएको छ । उहाँले दक्षिण एशियामा ठूलो बजारका कारण स्टार्टअप व्यवसाय वृद्धिको अपार सम्भावना रहेको र यस क्षेत्रमा स्टार्टअपलाई अनुकूल वातावरणसमेत रहेको बताउनुभयो ।
“विशेष गरी युवा व्यवसायी जोसँग अहिलेको प्रविधि र व्यवसाय गर्ने नयाँ/नयाँ तरिकाका बारेमा राम्रो ज्ञान छ, त्यस्ता नवप्रवर्तन व्यवसायी र स्टार्टअप व्यवसायको सम्भावना यस क्षेत्रमा निकै बढ्दो छ”, उहाँले भन्नुभयो । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले यस्ता नवप्रवर्तक व्यवसायी र स्टार्टअपलाई सहजीकरण र सहयोग गरेका बताउँदै उहाँले विशेष गरी महिला र युवालाई महासङ्घले सहयोग गरेको बताउनुभयो ।
“महासङ्घले आईहब र स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत महिला तथा युवा व्यवसायीलाई विशेष सहयोग तथा सहजीकरण गर्ने गरेको छ”, उहाँले भन्नुभयो, “आइहबमा हामीले व्यवसायमा लाग्न चाहने युवालाई सूचनामा पहुँच दिई उनीहरूलाई व्यवसाय, बजार तथा सूचना प्रविधिबारे सिक्ने अवसर प्रदान गर्ने गरेका छौँ ।”
त्यसैगरी स्टार्टअप तथा नवप्रवर्तन समितिमार्फत नेपाल सरकारसँगको सहकार्यमा स्टार्टअप नीति बनाउने काम भइरहेको उहाँले बताउनुभयो । साथै उहाँले महासङ्घले स्टार्टअप तथा नवप्रवर्तन व्यवसायीलाई सहयोग तथा सहजीकरणका लागि सातवटै प्रदेशमा नेपाल सरकारसँगको सहकार्यमा ‘इन्क्युबेटर सेन्टर’ स्थापना गर्न गइरहेको समेत जानकारी गराउनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !