काठमाडौँ । झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी सङ्कल्प यात्राको क्रममा डडेलधुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेलधुराबाटै कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत फोन वार्ताको सानो अंश सार्वजनिक गर्दै ओलीले डडेलधुरा पुगेपछि देउवाको याद आएर फोन गरेको उल्लेख गरेका छन् ।
सो क्रममा ओलीले आफू डडेलधुरा पुगेको बताएपछि देउवाले गृह जिल्लामा स्वागत छ भनेका थिए । सार्वजनिक भिडियोमा ओलीले देउवासँग काठमाडौँतिरको हालखबर सोधेका छ । देउवासँग भएको थप कुराकानीबारे ओलीले केही उल्लेख गरेका छैनन् ।
भिडियो हेर्नुहोस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !