म फेरि आउने अर्को जुनिमा त्यहि घरमा त्यहि समाजमा आउने त्यहि मान्छे भएर रमाइलो गर्नेछु त्यहि ठाँउमा । यो जुनिमा यस्तै भयो रहर सपना धेरै थिए नि के गर्नु कसैको पीडा यातनाले मलाई बाच्न दिएन । नामर्द भनेर नसोच्नु मेरो ठाँउ बसेर हेर्नुस् कति गारो छ भनेर मर्न त्यति सजिलो त थिएन घरको जिम्मेवार बोकेर आएको थिए 😥
मेरि प्यारि बहिनी धेरै नाम इज्जत कमाउनु घरको । धेरै पढनु आफ्नो इज्जत सम्झिनु । आज कोसैले म माथी नराम्रो गरेर मैले यस्तो गर्नु पर्नी बाध्य भयो अर्को जुनिमा आउछु बहिनी तिमीलाई धेरै माया गर्नी गरि 😥❤️
बाबा😥
म घर को कान्छो छोरा जो हजुरको सहारा थिय हजुरको सहारा बन्न सकिन 😥 मन त थियो हजुरलाई राम्रो ठाँउ राख्ने, हेरचाह गर्ने कति धेरै आस सपना बोकेर आएको मान्छे म हजुरको प्यारो छोरा बन्न सकिन अर्को जन्ममा हजुरकै छोरा बनेर आउने छु 😥
मेरि प्यारी माया
मलाई तिम्रो बारे मा लेखन मन त थिएन फेरि मन मानेन्😥 म तिम्रो तारिफ कसरी गरुम म सम्झिन्छु तिमीले म सङ्ग खाएको कसम म सम्झिन्छु तिमिले म सङ्ग बिहे गरेको त्यो पल, आखिर के को लागि यो सब गयौ? सपना पूरा गर्नलाई आफ्नो मान्छे यति सम्म नि हुने रहेछ न म धेरै लेखन चाहिन । तिम्रो बारेमा लेख्दा रात बित्छ घरको इज्जत सम्झिनु ।
मलाई जस्तो गरेको छौ भोलिको दिनमा त्यो मान्छेलाई यस्तो नगरनुमा बेजत् गर्न खोजेन्को होइन तिम्रो मात्र सम्झाको हुँ । हुन त सम्झाउदा सम्झाउदा २ बर्ष भयो तिमी जति नै बुझ्ने कुरा गर्छौ त्यति नै नराम्रो काम धेरै पैसा कमाउनु म सङ्ग चिट जति
गरेको छौ नि । अब चाहि नगर्नु ल ! थियो अरुले बोलेको झुठो होला तर होइन रहेछ अब आफ्नो आखाले नै देखि रहेको छु म कसरी माफी दिम प्यारी तिमिलाइ? के बोले को sorry सुन्दा सुन्दा आज म यो ठाँउ पुग्न पर्यो ! plz बिन्ती छ जस्तो मलाई गरेर छोडेर गएकि छौ नि अब त्यो मान्छे लाई नगर्नु ।
यदि मैले गलत गरेको थिए भने मेरो नि बहिनी छ उ पनि केटी मान्छे हाे भोलिको दिनमा देखिन्छ । मेरो पैसा सबै मेरो घर दिनु दाइ छ बहिनी छ 🙏 लाग्थियो आज नभए नि भोलि बुझ्छाै होला 😥 म मरेर गए नि तिमीले मेरो माया कहिले बुझदैनौ । तिमी गएको ठाँउमा अरु नि छन, सबैले यस्तै गरेको छ होला त सायद? घाम पानी नभनेर रगत पसिना मैले बगाएर तिम्रो रहर पूरा गर्दिएको थिए आज यहीँ देख्नलाई होला ।
बिन्ती छ तिमी लाई म मरेर गए नि माफी दिन सक्दिन 🙏😥 तिम्रो लागि संसार छोडेर आएको थिए, हाँसी हाँसी संसार छोडेर जाँदै छु bye
Miss you so much aama 😥
Good bye all bida🙏😥
यो स्टाटस वैदेशिक रोजगारीको लागि डेढबर्ष पहिले मलेसिया गएका राजु डाँगीलेलेखेका हुन् । उनले आफ्नो फेसबुकमा यही स्टाटस लेख्दै आफ्नो घाँटीमा पासो लगाएर आत्महत्या गरेकाछन्।
मलेसियाको पेरमाइह रिसोर्स सप्लायर कम्पनीसंग आवद्ध रहि वैधानिक हैसियतमा केलाङ् पुलाउ इँन्डाह स्टार क्रुइस् भन्ने ठाउँमा काम गर्दै आएका नेपाल सल्यान जिल्ला कपुरकोट गाउँपालिका वडा नम्बर ४ गारापानी डाङ्गीटोल निवासी राजु डाङ्गिले आईतवार साझ करिब ०५:०० देखि ०६:०० बजेको बिचमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको सोही कम्पनीमा काम गर्ने प्रत्यक्षदर्शी नेपाली कामदारले बताए।
आत्महत्या गर्नुभन्दा पहिले २१ बर्षिय युवा राजुले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत पोस्ट गरेको स्टाटस हेर्दा श्रीमतीले धोका दिएपछि पीडा सहन गर्न नसकेर आत्महत्या गर्न पुगेको बुझिन्छ । तर राजुले ती नाम भने खुलाएको छैन ।
जानकारी अनुसार आईतवार एउटै रुममा राजुसंगै बस्ने सोही कम्पनीको अन्य २,३ जना कामदारहरु पनि विदामा बसेका थिए । अन्य कामदार साथीहरु विदाको सदुपयोग गर्न बाहिर घुमघाम गर्न गएको बेला राजुले आफू एक्लै भएको अवस्थामा आत्महत्या गरेका हुन् ।
साथीहरु घुमेर रुम आएर ढोका खोल्दा राजु झुन्डिएको अवस्थामा रहेको फ़ेला परेपछि स्थानीय नागरिकको सहयोगमा प्रहरीलाई फोन गरी प्रहरी आएर शवलाई पोस्टमार्टम गर्नको लागि अस्पताल लगिएको छ।
शवको पोस्टमार्टम भैईरहेको छ , पोस्टमार्टम सकिए पश्चात् आत्महत्या वा हत्या टुंगो लागिसके पछि नेपालमा मृतक राजुको घरपरिवार र म्यानपावर एजेन्ट अनि मलेसियास्थित नेपाली दूतावासको सहयोग समन्वयमा राजुको मृत शव नेपाल पठाइने राजु कार्यरत रोजगारदाता कम्पनीको मालिकले फोन सम्पर्कमा बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !