काठमाण्डौ । उमेर ढल्कीएपछि सबैलाई आफ्नो बालापनको सम्झनाले सताउन थाल्छ । सानैमा संग खेलेका, स्कूल जाँदा संगसंगै हातेमालो गर्दै हिंडेका संगसाथीसंग बिताएका पलहरुको याद आउन थाल्छ । जतिजति उमेर ढल्दै जान्छ मानिस पनि आफ्नो बाल्यकालतिरै फर्कन्छ भनेको साँचो नै हो । यही कुरा भर्खरै मात्र नेपाली सिने जगतमा महानायिकाको उपाधि पाएकी महानायिका करिश्मा मानन्धरको जीवनमा पनि लागू भएको छ ।
पछिल्लो केहीदिन महानायिका करिश्मा मानन्धरलाई उनको बाल्यकालाको साथीहरुको यादले सताएपछि उनी तिनै आफ्ना बाल शखीहरुलाई भेट्न, उनीहरुसंग त्यो पुरानो सम्झना ताजा गर्न र फेरी एकपलकोलागी भएपनि बालापनमै फर्किएर रमाउनकालागी आफ्नो गाउँ गएकी थिईन् । उनले त्याहाँ धेरै कुरा भेटिन् जनु उनी चाहान्थिन् । उनले त्याहाँ सानैमा एउटै कक्षमा मिलेर बसेकी आफ्नी बालशखीलाई भेटिन् । आफुले पढ्दा ताकाको त्यो पुराना कुराहरु उनै बालशखीको मुखबाट सुनिन् ।
महानायिका करिश्माकी बालशखीले करिश्मालाई एकदिनको स्कूलको घटना सुनाउँदा कश्मिाले त्यो आफुले बिर्सिएको तर साथी सम्झाएपछि सम्झिएको बताईन् । करिश्मालाई गाउँमा फेरी देख्न पाईएला, भेट्न पाईएला, उनलाई अंगालो हालेर बालापनका कुरा गर्न पाईएला यस्तो उनका बालशखीहरुले कहिल्यै नसोचेको बताए । तर जब गाउँमा वर्षौंपछि करिश्मालाई उनका सानैका साथीहरुले भेटे तब उनीहरु सबैमा खुशीको सिमा नै रहेन । करिश्माले पनि सानैका साथीहरुलाई भेटेर आफुलाई निकै नै खुशी लागेको बताईन् ।
बाँकी भिडियो:
आफ्नो प्रतिक्रिया दिनुहोस् !