विराटनगर ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गठबन्धनबाहेकका दलको अवस्था चुनावपछि हेर्न नसकिने हुने बताएका छन् । उनले एमालेप्रति सङ्केत गर्दै निर्वाचनपछि ठुला कुरा गर्ने दलका नेताको नै अवस्था हेर्न नसकिने हुने बताएका हुन् ।
शुक्रबार ९आज० विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री आलेले नेपाली काङ्ग्रेसले स्थानीय तहको चुनावमा गठबन्धन गर्ने भनेर गरेको निर्णयले उत्साह थपेको समेत बताए । केही दिनअघि मात्रै काङ्ग्रेस केन्द्रीय समितिको बैठकले आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको थियो ।
नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा कार्यदल बनेकाले चाँडै नै कार्यदलले खाका तयार गर्ने समेत बताए । सहमतिका आधारमा गठबन्धन दलहरूबीच भागबन्डा हुनेसमेत उनले बताए ।
मन्त्री आलेले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउला लागि बजेटको व्यवस्थापन भइरहेको समेत बताए । ‘जग्गा मुआब्जाका लागि मात्रै १६ अरब लाग्ने भएकोल यसका लागि बजेटको ब्यवस्थापनसमेत भइरहेको बताए । उनले विराटनगर लुक्ला उडान चाँडै हुनेसमेत बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !