श्रीमान-श्रीमतीको झगडाले हिजो राती पूरै परिवार सखाप
समाचार
August 1, 2022Admin2Leave A CommentOn श्रीमान-श्रीमतीको झगडाले हिजो राती पूरै परिवार सखाप
काठमाडौं । पछिल्लो समय अपराधका नयाँ नयाँ आयामहरु समाजमा देखा पर्न थालेका छन् । भनिन्छ श्रीमान–श्रीमतीको झगडा परालको आगो । तर, अहिले एउटा यस्तो घटना घट्यो श्रीमान–श्रीमतीबीच मनमुटाब सिर्जना भएपछि निम्तिएको विवाद मृत्युमा परिणत भइदियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको एक परिवारको दम्पत्तिबीच विवाद सिर्जना हुँदा पूरै परिवारले ज्यान गुमाउनुपरेको छ । अरुबेला हल्लीखल्ली सुनिने घरमा सोमबार बिहान अबेरसम्म घर सुनसान देखिएपछि स्थानीयले घरको ढोका फोडेर भित्र प्रवेश गर्दा परिवारका सबैजना मृत अवस्थामा फेला परेका थिए ।
घटनापछि स्थानीले प्रहरीले खबर गरे । घरभित्र गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई काभ्रेस्थली बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षीय छोरा आशिक र ७ वर्षीया छोरी आशिका मृत अवस्थामा थिए । घटनास्थलमा प्रहरी आएपछि थालेको प्रारम्भिक अनुसन्धानमा परिवारको हत्यापछि दिनेशले आत्महत्या गरेको खुलेको थियो।
पारिवारिक कलहपछि सुनित बेलायत जाने तयारी थिइन् । उनको भिसा पनि आइसकेको थियो । दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि मात्र नेपाल फर्किएका थिए । नेपाल आएपछि दिनेशले इलेक्ट्रोनिक्ससम्बन्धी काममा व्यस्त थिए भने सुनिता फेन्सी पसल चलाउदै आएकी थिइन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
आफ्नो प्रतिक्रिया दिनुहोस् !