काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठमा १३ वर्षिया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बूढानिलकण्ठको हेपाली हाइटमा बालिका बलात्कारमा संलग्न किशोरहरु १८ वर्षभन्दा कम उमेरका छन् ।
आरोपीतहरुलाई पक्राउ गरेर मुद्दा चलाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने,‘घटनामा दुईजना संलग्न थिए, पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।’
शारीरिक रुपमा अशक्त बालिकालाई आरोपीतहरुले हेपाली हाइटस्थित कारखानामा लगेर बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
समाचार आजकाे रातोपाटी लगायतमा प्रकाशित छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !