काठमाडौं – नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै निशाको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको जानकारी दिएको हो ।
अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र अस्पतालले गरेका सबै प्रयासका बाबजुद पनि मोडल घिमिरेलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ ।
दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन ।
उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । भारतमा दुर्घटना परी घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला २०७८ जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालले निःशुल्क उपचार गरिरहेको थियो ।
उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो । निशाको शरीरमा रहेका घाउहरूमा समेत कुनै सुधार आएको थिएन ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !