काठमाडौं । कार्यकारी अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक रवि लामिछाने प्रधान सम्पादक प्रशान्त अर्यालको टीमबाट निकै तामझामका साथ सुरु गरिएको ग्यालेक्सी–४ के टेलिभिजन २०७९ कात्तिक १ गतेबाट आन्तरिक रुपमा समस्याग्रस्त अवस्थामा पुगेको त्यहाँ कार्यरत पत्रकारहरु दुःखका साथ बताउन थालको छन् ।
दशैं मानेर २०७९ असोज ३१ गतेका दिन प्रधानसम्पादक प्रशान्त अर्यालले राजीनामा दिएर हिंडेपछि साे टिभीमा २०७२ साल वैशाख १२ गतेकाे महाभूकम्पलाई स्मरण गर्नेगरी झट्का लाग्न पुगेकाे छ । लगभग वार्षिक रू. ८४ लाख बराबरको विभिन्न सुविधा छाडेर प्रधानसम्पादक प्रशान्त अर्याल किन राजीनामा दिएर हिंडे होलान् भन्ने जिज्ञासा पत्रकारहरुले प्रकट गरिरहेको अवस्थामा साँघुले केही कुराको भेउ पाएको छ ।
एक वर्ष अघि सुरू भएको @Galaxy4KNepal सँगको यात्रा टुंग्याएको छु। अपार उर्जा र उत्साहले भरिएका जुझारू सहकर्मीहरूको नेतृत्व गर्न पाउनु मेरा लागि भाग्य र गौरवको विषय हो, कृतज्ञ छु । साथै, मलाई सँधै साथ र सहयोग गर्ने अध्यक्ष @gbraii प्रति विशेष रूपमा आभारी छु ।
— Prashant Aryal (@Prashant68) October 17, 2022
ग्यालेक्सी ४ के टेलिभिजन स्रोतका अनुसार, प्रशान्त अर्यालको नेतृत्वको सम्पादकीय टीमले छोटो समयमै बजारमा आफ्नो पहिचान बनाउन थालिसकेको थियो । निष्पक्ष सञ्चार माध्यमको रुपमा स्थापित हुनका लागि विषय बस्तुलाई परिष्कृत र स्वतन्त्र ढंगले प्रस्तुत गर्ने जमर्को गरिहेको ग्यालेक्सी–४ के टेलिभिजनले आफ्नो पँखेटा फिंजाउन थालेपछि बाहिरी आवरणमा रहेका मालिक जीवी राईले समाचारमा हस्तक्षेप गर्न थालेपछि प्रधान सम्पादक अर्यालको टीमलाई असजिलो हुन थाल्यो ।
अर्यालले एक/दुई पटक त सहेर बसे । मालिकलाई यस्तो हस्तक्षेपकारी शैली स्थापित हुन गाह्रो हुन्छ, यसो नगरौं । समाचारबाट व्यापार गर्ने होइन, व्यापारका लागि बजार व्यवस्थापन(मार्केटिङ्ग टीम) सशक्त हुनु पर्छ भनेर जीवी राईलाई सम्झाए ।
दुई/चार पटक होइन, आठौं पटकसम्म सम्झाउँदा समेत कार्यकारी अध्यक्ष जीवी राई समाचार सामग्रीमा हस्तक्षेप गर्न नछाडेपछि प्रधान सम्पादक प्रशान्त अर्याल दुःखी मन लिएर प्रशासनका एकजना सामान्य कर्मचारीलाई गाडीको चावी जिम्मा लगाएर ग्यालेक्सी–४ के टेलिभिजनबाट २०७९ असोज ३१ गते विदा भएको घोषणा ट्वीटरबाट गरे ।
प्रधान सम्पादक प्रशान्त अर्यालले ग्यालेक्सी–४ के टेलिभिजन छाडेको २०७९ कात्तिक १४ गते १४ दिनै पूरा भएको छ । त्यसपछि समाचार संयोजक रहेका राम रावल पनि असन्तुष्ट हुँदै विदामा बसे । रावलाई फकाउन सम्पादकमा बढुवा गरिएको पत्र थमाईयो ।
प्रधान सम्पादकको रुपमा ग्यालेक्सी–४ के टेलिभिजनले रुपेश श्रेष्ठलाई भित्र्याएको छ । तर, सञ्चार माध्यमको नेतृत्व नगरेका टेलिभिजन होस्ट, पब्लिक स्पिकिङ कोच, कर्पोरेट ट्रेनर, युवा कवि र हाल ग्यालेक्सी–४ के टेलिभिजनका प्रधान सम्पादक रुपेश श्रेष्ठलाई सम्पादकीय टीमको नेतृत्व गर्न, समाचार सामाग्री, विषय बस्तुको छनोट गर्न मात्र होइन, सम्पादकीय लेख्न समेत समस्या परेको पत्रकारहरु गुनासो गर्छन् । एक वर्षमा रु. एक अर्ब खर्च गरिसकेको ग्यालेक्सी–४ के टेलिभिजनबाट अहिले पत्रकारहरुले धमाधम छाड्न थालेको बताइन्छ ।
गाेरखा पत्र जस्ताे गए गुज्रेकाे संस्थाकाे प्रशासनलाई चुस्तदुरूस्त मात्रै हाेइन, आर्थिक पारदर्शिता नीति अपनाएर वावाही कमाएका र पत्रकारितामा नाम कमाएका लेखक, सफल सम्पादक टीकाराम राई (ग्यालेक्सी–४ के टेलिभिजनका कार्यकारी अध्यक्ष जीवी राईका विश्वास पात्र) हाल ग्यालेक्सी–४ के टेलिभिजनका प्रमुख कार्यकारी अधिकृतकाे रूपमा कार्यरत छन् । इमान र जमानका साथ नेतृत्व गर्ने शैलीका प्रमुख कार्यकारी अधिकृत राईले महासंकटबाट गुज्रिरहेकाे ग्यालेक्सी–४ के टेलिभिजनलाई कसरी सम्हाल्ने हुन् ? प्रतिक्षाकाे घडी भएकाे छ ।
पत्रकारहरुका अनुसार, हिजो कान्तिपुर टेलिभिजन खाली गरेर सम्पादकीय टीम ग्यालेक्सी–४ के टेलिभिजनले भित्र्याएको थियो भने अहिले कान्तिपुरले ग्यालेक्सीस“ग बदला लिन २०७९ जेठ १३ र १४ गते हेटौंडामा भएको नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा सक्रिय रुपमा भाग लिएका, कांग्रेस निकट भनेर प्रष्ट रुपमा चिनिएका त्यहा“ कार्यरत पत्रकारहरु धमाधम तानिरहेको खबर छ ।
ग्यालेक्सी–४ को सम्पादकीय टीमको डेस्कमा रहेका नारायण अर्याल, पोलिटीकल व्युरोका जितेन्द्र झाले कान्तिपुर टेलिभिजन ज्वाइन गरिसकेका छन् भने सम्पादक राम रावल र अपराध हेर्ने शिखा श्रेष्ठ, अंगराज न्यौपाने, नवराज पाण्डेलाई समेत भित्र्याउने प्रयास कैलाश सिरोहियाले गरिरहेको खबर छ ।
निष्पक्ष छवि भएका पत्रकारहरु कान्तिपुर टेलिभिजनबाट बाहिरिएका छन् भने ग्यालेक्सी–४ के को न्यूज रुम नै खाली गरेर नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा भाग लिने कांग्रेस भनेर चिनिएका पत्रकारहरुलाई भने निर्वाचनको मुखमा कान्तिपुर टेलिभिजनले छानीछानी किन भित्र्याउ“दैछ भन्ने जिज्ञासा पत्रकारहरुले व्यक्त गर्दैछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !