रौतहट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मु द्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन लागी परेका छन् । आलमलाई चाँडोभन्दा चाँडो छुटाउन आफू प्रयासरत रहेको सभापति देउवाले बताएका छन् ।
गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका–६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्न आएका पूर्वप्रधानमन्त्री देउवाले देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा का रा गा रमा रहेका निलम्बित सांसद आलमलाई रि हा गराउन आफूले पहल गरिरहेको जानकारी दिए ।
योपनि पढ्नुस् ।
कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्दै
काठमाडौ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक शुक्रबार बोलाएको छ । बैठक यही फागुन २१ गते अपराह्न १ बजे संघीय संसद् भवन, बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठकमा प्रतिनिधिसभाको आगामी बैठकमा कसरी प्रस्तुत हुने सम्बन्धमा छलफल हुने पार्टी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सो सम्बन्धमा परेका विभिन्न रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापनाको फैसला सुनाएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !