काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाहकी कान्छी नातिनी कृतिका शाह सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनले वर्तमान राजनीतिको भन्दा राजसंस्था धेरै उपर्युक्त भन्दै सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै आएकी छिन् ।
उनले गणतन्त्रको व्यग्ंय गर्दै भनेकी थिइन् ,गणतन्त्रले बन्दुक बोक्न र राष्ट्रनिमार्ताहरुको शालिक तोड्न सिकायो । यस भन्दा पछि उनले मरेको प्रतिनिधिसमा पुर्नस्थपना हुने विश्राम लिएको राजाले किन पुन राजगद्दी समाल्न नहुने भन्दै एक किसिमको आक्रोश पोखेकी थिइन् ।
गणतन्त्र भन्दा राजसंस्थामा नै उपर्युक्त भएको भन्दै राजसंस्थाको घाम जस्तै उज्यालो र पानी जस्तै छर्लङ भएको टिप्पणी गरेकी छिन् । उनले अघि लेखेकी छिन्, राजसंस्थालाई मेटाउन जसले खोज्छ तिनिहरु सबै आफै मेटिन्छन् । कृतिकाले लेखेकी छिन्, नेपालको राजसंस्थाको इतिहास घाम जस्तै उज्यालो र पानी जस्तै छर्लङ्गै छ,जसले यो ईतिहास मेटाउन खोज्छ, तिनीहरु आफै मेटिनेछ!
आफ्नो प्रतिक्रिया दिनुहोस् !