दरबार ह’त्याका’ण्ड भएको ४ दिन भइसकेको थियो। जसमा मा’रिए’का राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनलगायतको दाहसंस्कार गरिएको पनि ३ दिन बितिसकेको थियो। छाउनीस्थित सैनिक अस्पतालको अपरेसन थिएटरबाट २२ जेठ (२०५८) बिहानै अर्का एक जनाको शव निकालियो। श्रद्धाञ्जलिका लागि अस्पताल परिसरको पालमुनि राखियो।
तर त्यहाँ श्रद्धाञ्जली अर्पण गर्न राजपरिवारका कुनै सदस्य पुगेनन्। वास्तवमा त्यो शव युवराज श्री ५ दीपेन्द्रको थियो। दरबार ह’त्याका’ण्डको भोलिपल्टै २० जेठमा राजा घोषित उनको निधन त्यही दिन बिहान ३.४५ बजे भएको थियो। अचेत अवस्थामा ‘श्री ५ महाराजधिराज’ घोषितलगत्तै उनको निधन भएको थियो। जसले गर्दा उनी श्रीपेच लगाउन र गद्दीमा बस्न नपाउने नेपालको पहिलो राजा बने।
एउटा अनुमान गरौं, दरबार ह;त्याका;ण्डमा बाबुआमा, भाइबहिनीसहित १० जनाको ह’ ‘त्या आ’रोप लागेका दीपेन्द्र बाँचेका भए यतिबेला के गरिरहेका हुन्थे होलान्?
उत्तर : १३ असार (०२८) मा जन्मेका दीपेन्द्र यतिबेला ५०औं जन्मोत्सव मनाइरहेका हुन्थे। सम्भवतः राजा पनि रहिरहेकै हुन्थे कि?
प्रश्न : तर दीपेन्द्र राजा रहन पाउँथे होलान्? त्यत्रो रक्तपात मच्चाउने दीपेन्द्रलाई कसैले राजाका रूपमा स्वीकार गर्थे होलान्? राजा रहेको स्थितिमा उनको शासन कस्तो हुन्थ्यो होला? यी केही ‘हाइपोथेटिकल’ (अनुमानजन्य) प्रश्न अहिले पनि नेपालीको मनमा गढेर बसेका छन्। बाँकि तलको भिडियोमा हेर्नुहोस ।
भिडियो हेर्नुस्ः
आफ्नो प्रतिक्रिया दिनुहोस् !