नेकपा एमालेको ओली पक्षीय नेताहरुले सोमबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ वार्ता हुने जानकारी दिएका थिए। नेता सुवासचन्द्र नेम्वाङले दुई नेताहरुबीच भेटघाट हुने बताएका थिए। तर कहाँ र कति बजे भन्नेबारे तय भइनसकेको बताइएको थियो।
एमालेभित्रको विवाद समाधान गर्न र दुई नेताको मिलन गराउन दुवै समूहका नेताहरुको प्रयास जारी रहेको छ। विघटित कार्यदलका सदस्यहरु अहिले पनि छलफलमा बसेका छन्। आज जसरी पनि वार्ता गराउने भन्दै उनीहरु छलफलमा जुटेका हुन्।
दुवै पक्षका नेताहरुले आज साँझसम्म जसरी पनि वार्ता गराउने जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !