काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन महाशाखाका उपसचिव प्रमोद नेपाललाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । नेपाललाई २२ लाख ५० हजार नगदसहित नियन्त्रणमा लिइएको हो ।
प्याराग्लाईडिङ्ग सञ्चालनका लागि अनुमति पत्र (लाइसेन्स) उपलब्ध गराइदिने कामका लागि सेवाग्राहीसँग छ लाख रूपियाँ घुस लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
काठमाडौं महानगरपालिका, वडा नं. १ मनकामना मार्गस्थित होटल अरन्यको कम्पाउण्डबाट नियन्त्रणमा लिई नेपालले प्रयोग गरेको गाडी खानतलासी गर्ने क्रममा सो रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
भिडियो सहित
आफ्नो प्रतिक्रिया दिनुहोस् !