काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट २ जना शंकास्पद व्यक्तिलाई नेपाल प्रहरीको विशेष अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको छ ।
नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति मुम्बई तयारीमा थिए । श्रीमान् श्रीमतीका रूपमा प्रारम्भिक पहिचान खुलेका ती व्यक्ति कुनै आतंकवादी संगठनमा रहेको भन्ने सूचना कैलाली प्रहरीले प्रधान कार्यालयमा पठाएको थियो ।
ढोका बन्द भएर उड्न लागेका बेला विशेष ब्यूरोले अनुसन्धानका लागि जहाज रोकेको हो । सबै यात्रुको जाँचपछि फेरि उनीहरूलाई जहाजमा चढाइने एयरलाइन्सले जनाएको छ । काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो ।
नदीजन्य पदार्थ उत्खनन् गर्न प्रयोग गरिने उपकरण नियन्त्रणमा
पर्वत । कालीगण्डकी नदी किनारबाट नदीजन्य वस्तु उत्खनन् गर्न प्रयोग गरिएका उपकरणहरु नियन्त्रणमा लिएर सिल गरिएको छ । जिल्ला अनुगमन समितिको टोलीले अनुगमनका क्रममा उत्खनन्का लागि नदी किनारमा राखिएका तीनवटा स्काभेटर, एक थान डोजर र एउटा ट्याक्टर सिल गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
कुश्मा नगरपालिका– १ स्थित राजाको बगरवाट एक÷एक वटा इस्काभेटर र डोजर, जलजला गाउँपालिका– ८ को खनियाघाटवाट एउटा इस्काभेटर र लस्ती भन्ने स्थानबाट एउटा ट्र्याक्टर तथा पर्वत जलजला गाउँपालिका– ४ लामाखेतबाट एउटा इस्काभेटर नियन्त्रणमा लिइ सिल गरिएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
असार १५ गतेदेखि भदौ १५ गतेसम्म नदि किनारबाट नदिजन्य वस्तु उत्खनन् गर्न नपाइने नियम भएपनि लुकेर अवैध रुपमा उत्खनन् गरेको गुनासो आएपछि अनुगमन टोली पुगेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !