एजेन्सी । केही दिन अघि पोखरामा एक युवती टिकटक बनाउन सेती नदी किनारमा जाँदा बगेर निधन भएको खबर पक्कै थाहा पाउनुभयो होला । साथीहरुसंग घुम्न गएकी एक युवतीले टिकटककै कारण मृत्यु वरण गरिन् । उनको शव ६ दिन पछि फेला परेको थियो । ५ दिन अघि विवाह भएर दुरान फर्काउन आएकी युवतीको निधनले दुई परिवारमा चिन्ता बढायो ।
सामाजिक सञ्जाल अहिले युवापुस्ताका लागि अत्यावश्यक भएको छ । सामाजिक सञ्जाल बीना अहिलेको पुस्ता एकै छिन पनि बस्न सक्दैन । कतिपयले यसैलाई आम्दानीको राम्रो स्रोत पनि बनाएका छन् । तर सामाजिक सञ्जालकै कारण अप्रिय घटना पनि भएका छन् ।
आमाबुवा रातभर मोबाइलमा व्यस्त हुँदा १५ महिने छोरीको निधन भएको छ। स्कटल्यान्डको उत्तरी लनार्कसायर सहरका एक दम्पती आफ्नो सानो सन्तानलाई एक्लै छाडेर मोबाइल खेलाउन थालेपछि ओछ्यानबाट खसेर निधन भएको हो ।
उनीहरुले राती छोरी खसेको पनि थाहा पाएनन् । जब बिहान अबेरसम्म सु’तेर ब्युँझेपछि उनीहरुकी छोरी किरा कनरयलाई भूइंमा फेला पारे । उनको निधन भइसकेको थियो । घटनापछि आमाबुवा विरुद्ध अदालतमा मु’द्दा चलेको थियो। अदालतले २७ वर्षीय बुवा माइकल कनरयलाई दो षी ठहर गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !