काठमाडौं । आज बालाचतुर्दशी पर्व । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन दिवंगत वितृको सम्झनामा सतबीज छरेर यो पर्व मनाईन्छ । पुशपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा आज बिहानैदेखि सतबिज छर्नेहरुको भिड लागेको छ ।
बालाचतुर्दशी पर्वको पूर्वसन्ध्यामा हिजो साँझदेखि नैं पशुपतिनाथ लगायतका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो । हिजो त्रयोदशीका दिन बेलुकीदेखि दिवंगत पितृका नाममा भक्तजनहरू अखण्ड दीपदान गरी बसेका थिए ।
रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा सतबीज छरेका हुन् । बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजनहरु पशुपति आउँछन् ।
आफ्नो परिवारभित्र दिवंगत व्यक्तिको चिरशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वरमा सतबीज छर्ने गरिन्छ । सतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो पर्छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !