काठमाडाैँ । बिहीबार साँझबाटै देशका विभिन्न स्थानहरूमा मेघ गर्जन/चट्याङ/असिना सहित हल्का वर्षा भइरहेकाे छ ।
जल तथा माैसम विभागका अनुसार २०७८ माघ २१ गते (शुक्रबार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ/असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ/असिना हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ ।
साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !