काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली क्याविनेटका मन्त्रीहरु विभिन्न प्रकरणमा जोडिएर चर्चामा आइरहन्छन् । कोहि सार्वजनिक अभिव्यक्तिका कारण त, कोही विवादास्पद गतिविधिले । हुन त प्रधानमन्त्री ओली स्वयम् नै आफ्ना अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् । अहिले चर्चामा छन्, बन मन्त्री प्रेम आलेमगर । मन्त्री बन्नकै लागि ओली समूहमा लागेका आलेमगर सुरुका दिनदेखि नै विवादमा छन् ।
मन्त्री बनेलगत्तै यो सरकार सात नम्बर गियरमा अगाडि बढ्छ भनेर अभिव्यक्ति दिएका आले अहिले फेरी सामाजिक सञ्जालमा चर्चामा छन् । उनको यो चर्चा सकारात्मक नभई सार्वजनिक पदमा बस्नेहरु कतिसम्म अनविज्ञ र कमजोर चेतनास्तरका हुन्छन् भन्ने उदाहरण बनेको छ । बनमन्त्रीले कम्तिमा बनसम्बन्धी त सामान्य ज्ञान थाहा पाउनुपर्ने हो । तर अहिलेका बनमन्त्री आलेमगरलाई सामान्य ज्ञानसमेत छैन भन्ने कुरा फेरी पुष्टि भएको छ ।
त्यो पनि उनकै सार्वजनिक अभिव्यक्तिले । काठमाडौंमा केही दिनअघि सामुदायिक बन उपभोक्ता महासंघको कार्यक्रम थियो। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए । प्रमुख अतिथि बनमन्त्री हुने नै भए । कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघका सदस्यहरुका साथै बनसम्बन्धी विज्ञहरु थिए ।
बोल्ने पालो आयो, मन्त्री आलेमगरेको । उनले सहभागिलाई सिकाउने शैलीमा भने, ‘तपाइँहरुलाई थाहा छ, रुखले हामीलाई कार्वनडाइअक्साइड दिन्छ, हामीले रुखलाई अक्सिजन दिन्छैं ।’ मन्त्री आलेमगरको यो कुरा सुनेर हलमा हाँसोको फोहोरा उठ्यो । तर मन्त्रीले किन हासे भन्ने भेउ नै पाएनन् । उनी त झन् उत्साहित हुँदै भाषण गर्न थाले ।
अहिले सामाजिक सञ्जालमा मन्त्रीको भाषण चर्चामा छ । त, मन्त्रीले अहिले पनि आफूले बोलेको कुरा कति साँचो हो भन्ने थाहा पाए कि पाएनन्, बुझ्नै पर्ने हुन्छ । हुन त क्षमता भन्दा मन्त्री पदकै लागि गुट परिवर्तन गरेका मन्त्री आलेमगरका बारेमा पूर्व एमालेकै नेतारुको सकारात्मक बुझाई छैन । तत्कालीन नेकपा एमालेमा माधव कुमार नेपाल पक्षधर आलेमगर नेकपा विभाजनको संघारमा पुगेपछि ओलितिर लागे ।
जस्ताको तस्तैः
रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौ र रूखलाई हामी अक्सिजन दिन्छौ : वनमन्त्री आले ! pic.twitter.com/5ueEn6ZR4n
— Sunaulo Nepal (@Sunaulo_npl) March 4, 2021
आफ्नो प्रतिक्रिया दिनुहोस् !