नेकपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सांसद लालबाबु पण्डितले नेकपाको विभाजनमा आफू कुनै समूहमा नलागेको स्पष्ट पारेका छन्। पण्डितले आफू पार्टी एकताको लागि लागिरहेको बताए।
‘म अहिले पनि पार्टी एकता सम्भव छ भनेर लागिरहेको छु। किनकी पार्टी अझै विभाजन भएको छैन। २०७७ सम्म पार्टी एक हुन्छ भनेर मेरो ब्रह्मले भनेको छ,’ उनले भने, ‘अहिले पनि म प्रधानमन्त्रीविरूद्धको अविश्वास प्रस्ताव रोक्न लागिरहेको छु। रोक्न सकिएन भने त्यसपछि मात्रै मैले निर्णय लिन्छु।’
कुनै पनि समूहले बोलाएको संसदीय दलको बैठकमा आफू नजानेसमेत उनले स्पष्ट पारे। ‘म २२ गते बोलाइएको ओली समूहको संसदीय दलको बैठकमा पनि जादिनँ,’ उनले भने, ‘ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल उपस्थित भएको बैठकमा मात्रै जान्छु।’
आफ्नो प्रतिक्रिया दिनुहोस् !