एजेन्सी । बेलायतमा एक २१ वर्षीया युवतीले झण्डै ६ किलो बजन भएको बच्चा जन्माएर किर्तिमान कायम गरेकी छिन् । बेलायतको अक्सफोर्ड शायरस्थित एस्टनमा बस्ने एम्बर कम्बरल्याण्ड नामकी युवती प्रसुतिका लागि अस्पताल पुग्दा डाक्टरहरुले उनको पेटमा जुम्ल्याहा बच्चा रहेको अनुमान गरेका थिए ।
जबकी अल्ट्रासाउण्डमा एउटा मात्र बच्चा देखिएको थियो । पेट अस्वभाविक रुपमा ठूलो भएका कारणले अल्ट्रासाउण्डमा एउटा बच्चा देखिएता पनि सरप्राइज ट्विन्स हुन सक्ने अनुमान डाक्टरहरुले गरेका थिए । तर, त्यस्तो भएन ।
गत अप्रिल १६ मा उनले अस्पतालमा १३ पाउण्ड अर्थात् झण्डै ६ किलो तौल भएकी छोरी जन्माएकी हुन् । यो सँगै उनले बेलायतमा अहिलेसम्मकै दोश्रो ठूलो बच्चा जन्माउने किर्तिमान कायम गरिन् । छोरीको नाम उनले एमिलिया राखेकी छिन् ।
एमिलिया बेलायतमा अहिलेसम्म जन्मिएका मध्ये दोश्रो ठूलो बच्चा बनेकी छिन् । यसअघि सन् २०१२ मा बेलायतमा साढे ६ किलोको बच्चा जन्मिएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !