नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले वरिष्ट नेता माधवकुमार नेपालले आज (बुधबार) नयाँ पार्टी घोषण गर्ने दाबी गरेका छन् ।
मंगलबार साँझ सामाजिक सञ्जालमार्फत बाँस्कोटाले नेपालले आज केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ दावी गर्नु भएको हो ।
नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टी एकताका बारेमा छलफल गर्ने बताइएको छ ।
बास्कोटाले मंगलबार साँझ ट्वीटरमा लेख्नुभएको छ– ‘क्वलीटीमा भोली माधव कम्रेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्तत भाइ कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’
नेता नेपालले यसअघि राष्ट्रिय सभामा खिमलाल देवकोटालाई कलम चिन्ह लिएर गठबन्धनको तर्फबाट चुनावमा उठाउनुभएको थियो ।
यस्तै नेपाल निकट जीवन राईले चुनाव चिन्ह कलम राखी नेकपा (एकीकृत) नामक दल दर्ता गराउनु भएको छ ।
ट्विटरबाटः
क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी मओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।
— Gokul Prasad Baskota (@GokulPBaskota) August 3, 2021
आफ्नो प्रतिक्रिया दिनुहोस् !