इजरायल । इजरायली प्रधानमन्त्री याइर लापिडले मङ्गलवारको आमनिर्वाचनमा भएको जितका लागि बेन्जामिन नेतान्याहुलाई बधाई दिएका छन्। लपिडले आफ्ना प्रतिस्पर्धीलाई टेलिफोनमार्फत् शुभकामना दिँदै व्यवस्थित रूपमा शक्ति हस्तान्तरणमा सघाउने बताएका छन्।
बिहीवार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामका अनुसार नेतान्याहुको लिकुड दल र उसको अति दक्षिणपन्थी तथा धार्मिक गठबन्धनले संसद्को १२० मध्ये ६४ सीटमा जित हासिल गरेको छ। यससँगै १४ महिनाअघि सत्ताबाट बाहिरिएका पूर्वप्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नाटकीय फिर्ती हुनेछ।
नेतान्याहुमाथि अझै सुनुवाई
चुनावी नतिजाले त्यहाँ सन् २०१९ मा सुरु भएको अभूतपूर्व राजनीतिक गतिरोधको समेत अन्त्य गरेको छ। जतिखेर नेतान्याहुमाथि भ्रष्टाचार, छली र विश्वासघातको आरोप लगाइएको थियो जसलाई उनले अस्वीकार गर्दै आएका थिए। जसको सुनुवाइ अझै जारी छ र अर्को अदालती कारबाहीको मिति सोमवार तोकिएको छ।
मत खसालेर फर्केकाहरूसँग गरिएका सर्वेक्षण अर्थात् एक्जिट पोलले समेत उनले बहुमत सुनिश्चित गर्ने प्रक्षेपण गरेका थिए। त्यसलगत्तै नेतान्याहुले लिकुड समर्थकहरूलाई आफूले सरकार बनाउने र त्यसले “कुनै अपवादबिना इजरेलका सबै नागरिकहरूको ख्याल गर्ने किनकि राज्य आफूहरू सबैको भएको” बताएका थिए।
“हामीले सुरक्षालाई पुनः बलियो पार्नेछौँ, जीविकोपार्जनमा लाग्ने खर्च कटौती गर्नेछौँ, हामीले शान्तिको वृत्त अझ फराकिलो पार्नेछौँ, हामीले देशहरूबीच इजरेललाई उदाउँदो शक्तिका रूपमा पुर्नस्थापित गर्नेछौँ।”
कस्तो सरकार बन्ला?
इजरेली सञ्चारमाध्यमका अनुसार अन्तिम नतिजामा खासगरी लिकुडले ३२ सीट, लिपिडको मध्यमार्गी येश अटिड पार्टीले २४ सीट, अति दक्षिणपन्थी उग्रराष्ट्रवादी यहुदी धार्मिक गणबन्धनले १४ र रक्षामन्त्री बेनी ग्र्यान्टको मध्यदक्षिणपन्थी न्याश्नल युनिटी पार्टीले १२ सीट जितेको छ।
नेतान्याहुले आफ्नो मन्तव्यमा सम्भावित गठबन्धन साझेदारबारे केही उल्लेख गरेका छैनन् तर त्यसमा यहुदी धार्मिक गठबन्धन सहभागी हुने ठानिएको छ । उनीहरू नयाँ सरकारमा सहभागी हुनसक्ने कुराले धेरै वामपन्थी र मध्यमार्गी इजरेली र जनसङ्ख्याको पाँच भागको एक भाग रहेका इजरेली अरबहरूलाई चिन्तित पार्न सक्छ।
जसले प्यालेस्टिनी र इजरेलका पश्चिममा र अरब साझेदारबीच समेत तनावपूर्ण सम्बन्ध सिर्जना गर्नसक्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !