काठमान्डौं,फागुन २१ । सबै राजनीतिक दलमा महिला हिंसा हुने गर्छन् कतिले सामान्य लिन्छन् भने कति बिद्रोहमा उत्रन्छन भन्दै नेपाल काँग्रेसकि नेतृ लीला नेपाल टिकाटिप्पणी गर्नुभएकाे छ ।
नेपाली काँग्रेस कि महिला नेता महा समिती सदस्य लीला नेपालले सबै राजनीतिक दलमा महिला हिंसा हुने गरेको संकेत गर्नु भएको छ । बिहीवार नियात्रा टिभी संग गरिएको छोटो कुराकानिको क्रमा वहाँले उक्त कुरा बताउनु भेको हो ।
काँगेस होस या नेकपा होस् वा अन्य कुनै दल महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने तर आन्दोलन संघर्ष संगठनका लागि महिला नेताहरुलाई प्रयोग भई रहेको बताउनु भयो । त्यस्तै नेकपा कि साँसद कोमल ओलीलाई नेता रघु जी पन्त ले दिएको बिबादित अभिब्यक्ती महिला हिंसा नै भएको र सोको प्रतिवाद गर्नु पर्ने भन्नु भयो ।
वहाँले भन्नु भयो ” पिडुला देखाएर माननीय बनाए भन्ने आरोप लगाउनु भएको छ त्यो चाँही निश्चय पनि एउटा महिलालाई प्रहार गर्नु र महिलाको अस्मिता माथि प्रहार गर्नु उचित होइन ।”
हेर्नुहोस् भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !