TajaKura
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
English
No Result
View All Result
TRENDING
प्रदेश सरकार प्रदेश १ प्रदेश सभा सुदुर पश्चिम कर्णाली प्रदेश भिडियो लुम्बिनी प्रदेश प्रदेश ३
  • समाचार
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
    • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
    • बैँक / वित्त
    • रोजगार
    • पर्यटन
  • खेलकुद
  • समाज
    • अपराध
    • अन्तर्वार्ता
    • संस्कृति
  • स्वास्थ्य/शिक्षा
  • सुचना/प्राविधि
  • साहित्य
    • कविता/गजल
  • प्रदेश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • प्रवास
  • अन्य
    • विचार
    • फिचर
    • रोचक
    • पत्र-पत्रिका
    • राम्रो संसार
No Result
View All Result
No Result
View All Result

झ्यालमा बालुवाका बोरा राखेर गरिएको पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपतिले दिए दुनियाका आँखा रसाउने अभिव्यक्ति, यति भन्दा पनि किन पग्लिदैन् पुटिनको मन ?

झ्यालमा बालुवाका बोरा राखेर गरिएको पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपतिले दिए दुनियाका आँखा रसाउने अभिव्यक्ति, यति भन्दा पनि किन पग्लिदैन् पुटिनको मन ?

रूसले आक्रमण गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार पत्रकार सम्मेलन गरेका छन्। रूसी आक्रमण सुरू भएपछि अनौपचारिक पहिरनमा भिडिओ सार्वजनिक गर्दै युक्रेनी जनतालाई साहस दिइरहेका जेलेन्स्की अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग भेट्दा पनि त्यस्तै पहिरनमा थिए।

द न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपति कार्यालयसम्म पुग्न पत्रकारहरूले सडकमा थुप्रै अवरोधकहरू पार गर्नुपरेको थियो। रूसी ट्यांकहरूलाई अवरोध गर्न ती अवरोधक बनाइएका हुन्। राष्ट्रपति भवनभित्र जेलेन्स्कीको कार्यालयका झ्यालमा बालुवाका बोराहरू राखिएको टाइम्सले उल्लेख गरेको छ। पत्रकार सम्मेलनका क्रममा हतियार बोकेका सुरक्षाकर्मी सँगै उभिएका थिए।

जेलन्स्कीले अहिले आफू रातमा तीन घन्टामात्र सुत्ने गरेको बताएका थिए। झुस्स दाह्री भएका र थाकेजस्ता देखिने जेलेन्स्कीले रूसी आक्रमणमा युक्रेनीले गरेको प्रतिरोधको प्रशंसा गरे। ‘युक्रेनीहरूको साहसका बलमा म बलियो र निर्णायक भएको छु,’ जेलेन्स्कीले भने।

उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताए। ‘म पुटिनसँग कुरा गर्न चाहन्न भन्ने होइन,’ उनले भने,‘मैले पुटिनसँग कुरा गर्नुपर्छ, सारा विश्वले पुटिनसँग कुरा गर्नुपर्छ। यो युद्धलाई रोक्न त्योबाहेक अर्को कुनै बाटो छैन।’

युक्रेनको सार्वभौमसत्ता बाहेक अरू केही बुँदामा आफू सम्झौता गर्न तयार रहेको उनले बताए। रूसीहरूले पहिला नै सबै प्रश्नको उत्तर तयार पारेकाले अहिले वार्ता गरेर नयाँ कुरा आउन सम्भव नभएको उनले बताए।

रूसी आक्रमणको प्रतरोध गर्न पश्चिमा मुलुकहरूले युक्रेनलाई अझै सैन्य सहयोग गर्नुपर्ने उनको भनाइ थियो। उनले फ्रान्स र जर्मनीसँग युक्रेनलाई नो फ्लाई जोन घोषणा गर्न पनि आग्रह गरे। हास्य कलाकारबाट राष्ट्रपति बनेर पुटिनसँग लडिरहेका जेलेन्स्की

तीन वर्षअघि यतिबेला पूर्वी युरोपेली मुलुक युक्रेनमा चुनावी माहौल थियो। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली भएको युक्रेनको चुनावमा उम्मेदवारी दिएर भोलोदिमिर जेलेन्स्कीले संसारको ध्यान तानेका थिए।

त्यतिबेला ४१ वर्षमात्रै पुगेका जेलेन्स्कीको चर्चा युवा भएकाले मात्रै थिएन, उनी टेलिभिजन सिरियलमा पनि देशको कार्यकारी पद सम्हालेको अभिनय गर्थे। एउटा हास्य कलाकार कसरी राष्ट्रपति हुन्छ भनेर विरोधीले उनलाई उडाएका थिए।जेलेन्स्की युक्रेनका लोकप्रिय हास्य कलाकार थिए। त्यही लोकप्रियताका कारण उनी ७३ प्रतिशत मत पाएर युक्रेनको छैठौं राष्ट्रपति निर्वाचित भएका थिए।

त्यतिबेला जेलेन्स्कीसँग पराजित भएका युक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोसेन्कोले भनेका थिए– अनुभवविहीन युक्रेनको एउटा नयाँ राष्ट्रपति छिट्टै रूसी प्रभावको कक्षभित्र पर्नेछन्।

तीन वर्षपछि पोरोसेन्को भनाइ गलत सावित भएको छ। जेलेन्स्की रूसी प्रभावको कक्षमा परेका छैनन् बरू रूसले युक्रेनलाई आफ्नो प्रभावमा पार्न सेना पठाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले किएभमा जेलेन्स्कीको सरकार ढालेर आफूले भनेको मान्ने मान्छेको सरकार बनाउन चाहेका छन्।

पहिलो पटक कार्यकारी पद सम्हालेका जेलेन्स्कीले दोस्रो विश्वयुद्धपछि युरोपको कुनै एउटा मुलुकले अर्को मुलुकमा गरिरहेको सबैभन्दा ठूलो सैन्य आक्रमण झेलिरहेका छन्। सानो मुलुक युक्रेन अहिले संसारको शक्तिशालीमध्येको एक रूसको सैनिकसँग लडिरहेको छ।

दुई लाख बढी रूसी सैनिकले जल, जमिन र हवाई मार्गबाट गरिरहेको आक्रमण जेलेन्स्की एक्लै लड्नु पर्नेछ। विश्वका शक्ति राष्ट्रका नेताहरूले उनलाई ’हामी छौं’ भनेर ढाडस त दिएका छन् तर युक्रेनमा रूसी सैनिकविरूद्ध लड्न न अमेरिकाले सेना पठाउने छ न त उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) का सैनिक आइपुग्ने छन्।

जेलेन्स्कीलाई राम्ररी थाहा छ, रूसी आक्रमणको पहिलो निशाना उनी नै हुन्। उनले शुक्रबार भनेका छन्– उनीहरूले पहिलो निशाना मलाई बनाएका छन्। त्यसपछि उनीहरूले मेरो परिवारलाई मार्नेछन्। राष्ट्र प्रमुखलाई मारेर उनीहरू युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न चाहन्छन्।

आफू युक्रेन नछोडेर नभाग्ने जेलेन्स्कीले बताएका छन्। ‘म राजधानीमै बस्नेछु र मेरो परिवार पनि युक्रेनमै रहनेछ,’ उनले भनेका छन्। जेलेन्स्कीको राष्ट्रपति यात्रा

सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हाँस्य टेलिसिरियलमा युक्रेनको कुलीनतन्त्रलाई तोड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई युक्रेनीहरूले वास्तविकतामै संस्थापनविरूद्धको प्रतीकका रूपमा अर्थ्याएका थिए।

तत्कालीन राष्ट्रपति पोरोसेन्को सन् २०१४ मा रूसले युक्रेनको क्रिमियालाई रूसमा गाभेपछि रूसविरोधी नारा दिएर सत्तामा आएका थिए। तर उनको कार्यकाल पनि युक्रेनीको जीवनस्तरमा सुधार नआएको र सरकारी भ्रष्टाचार झन् बढेको भन्दै नागरिकमा असन्तुष्टि थियो। त्यही असन्तुष्टिलाई जेलेन्स्कीले आफ्नो पक्षमा पारेका थिए।उनले आम मानिसका दैनिक जीवनका विषयहरूलाई आफ्नो एजेन्डा बनाएका थिए।जितपछि उनले भनेका थिए– युक्रेनी नागरिकको हैसियतमा पोस्ट सोभियत युनियनका देशहरूलाई म भन्न सक्छु– हामीलाई हेर, जे कुरा पनि सम्भव छ।

राष्ट्रपति बनेपछि इयू र पश्चिमाहरूसँगको सम्बन्धलाई जेलेन्स्कीले कसिलो बनाएका थिए। सरकार कार्यालयमा राष्ट्रपतिको साटो आफ्ना बच्चाको तस्बिर राख्न निर्देशन दिएका थिए। अनुभव नभए पनि उनले राष्ट्रपति राम्ररी नै चलाइरहेका थिए।

युक्रेनमा समर्थकलाई निराश नपारे पनि जेलेन्स्कीले भूराजनीतिको खेलमा आफूलाई अब्बल साबित गर्न सकेनन्। रूसले युक्रेनमाथि बिहीबार सैनिक हमला नै ग¥यो। एउटा सानो छिमेकीमाथि रूस र राष्ट्रपति पुटिनले गरेको यो आक्रमणको समीक्षा इतिहासले गर्ला तर अहिले भने जेलेन्स्की युक्रेनका सबैभन्दा कमजोर राष्ट्रपति देखिएका छन्।

पुटिन युक्रेनबाट के चाहन्छन्?
रूस र युक्रेनको अहिलेको तनावसँग यी दुई मुलुकको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ।

गत १४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे। लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर लेखिदिए। ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए। अहिले झन्डै दुई लाख रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन्।

यही बीचमा युक्रेनको उत्तरमा पर्ने बेलारूसमा रूसका ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आएर संयुक्त सैन्य अभ्यास गरेका छन्। रूससँग सीमा जोडिएको बेलारूस उसको ‘दोस्त’ हो। रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन्। २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए।

बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन्। सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि। सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो। रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ र दिदीबहिनीजस्तै हुन् भन्छन्। युक्रेनी राजधानी किएभनै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ।डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदा पुटिनले युक्रेन रूसी इतिहासको महत्वपूर्ण हिस्सा भएको बताएका थिए। किएभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन। सन् २०१४ मा त्यस्तै भएको थियो।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे।

देशका विभिन्न ठाउँमा उनको पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण ग-यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो।

रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो। रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो। पछिल्लो समय युक्रेनले युरोपियन युनियन (इयू) को सदस्यता लिने तयारी गरिरहेको छ। सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ।

युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ। युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन्। रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ। पुटिन कुनै पनि मूल्यमा युक्रेनलाई इयू र नेटोको सदस्य नहोस् भन्ने चाहन्छन्। (विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूको सहयोगमा)

ShareTweetShare

सम्बन्धित खवर

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
अन्तर्राष्ट्रिय

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

कमाई र सुरक्षाकाे हिसावले अत्यन्तै राम्रो गन्तव्य रहेकाे इजरायल ६ वर्षपछि खुल्दै…
अन्तर्राष्ट्रिय

इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झाैता

जापान एअरलाइन्सको विमानमा आगलागी, ३ सय ७९ जना यात्रु सकुशल
अन्तर्राष्ट्रिय

जापान : कोस्टगार्डको विमानमा सवार पाँच जनाको मृत्यु

जापान एयरलाइन्ससँग ठोक्किएको जहाज भूकम्प प्रभावित क्षेत्रतर्फ जाँदै थियो
अन्तर्राष्ट्रिय

जापान एयरलाइन्ससँग ठोक्किएको जहाज भूकम्प प्रभावित क्षेत्रतर्फ जाँदै थियो

जापान एअरलाइन्सको विमानमा आगलागी, ३ सय ७९ जना यात्रु सकुशल
अन्तर्राष्ट्रिय

जापान एअरलाइन्सको विमानमा आगलागी, ३ सय ७९ जना यात्रु सकुशल

प्राग गोली काण्ड दुःखद् घटना
अन्तर्राष्ट्रिय

प्राग गोली काण्ड दुःखद् घटना

आफ्नो प्रतिक्रिया दिनुहोस् !

ताजा समाचार

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

4 months ago
लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

4 months ago
साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

4 months ago
बुद्धभुमि नेपाल हाइड्रोपावरकाे आईपीओकाे बाँडफाँडको मिति… !

सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट

4 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीसँग माफी माग्दै दिए मूर्ति उपहार

5 months ago
दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

दुर्गा प्रसाईँले प्रधानमन्त्रीसँग राजसंस्थाको विषयमा जनमत सङ्ग्रह गर्ने माग राखेपछि…

5 months ago

खबरटाईम मिडिया प्रा.लि. द्वारा संचालित ताजाकुरा डटकम बिश्वको कुनै पनि कुनामा घटेका घटनाहरूलाई समाचारको रूपमा प्रकाशन गर्ने अनलाइन पोर्टल हाे । यदि यहाँहरूसँग हाम्रो बारेमा कुनै रिपोर्ट, सुझाव तथा कमेन्टहरू भएमा हामीलाई इमेलमा सिधै सम्पर्क गर्नुहाेला
वेबसाइट: https://tajakura.com
इमेल: admin@tajakura.com
सम्पर्क ठेगाना: काठमाडौँ नेपाल

सम्पर्क फोन: ९८५१०११०४६, ९८१८६१०४१५

  • situs panen77
  • b88 slot
  • s77 resmi
  • daftar slot88
  • judi slot online pulsa
  • slot online gacor
  • info rtp slot gacor
  • keluaran togel hari ini
  • daftar panengg
  • agen slot300
  • situs b88
  • sbobet login
  • rtp slot online
  • judi slot gacor online
  • slot deposit pulsa
  • poker online terpercaya
  • situs slot online
  • result hk lengkap
  • slot deposit dana
  • agen sbobet terpercaya
  • rtp live slot online
  • slot gacor gampang menang
  • slot deposit pulsa
  • judi poker online
  • daftar slot online
  • daftar sbobet
  • rtp slot gacor online
  • slot gacor hari ini
  • slot pulsa tanpa potongan
  • slot300 resmi
  • link alternatif b88
  • slot gacor hari ini
  • rtp live slot
  • rtp slot online
  • totoslot login
  • togel online
  • toto macau
  • daftar slot gacor
  • slot joker123
  • demo slot pragmatic play
  • rtp slot tereprcaya
  • sabung ayam sv388
  • situs slot deposit pulsa
  • slot deposit pulsa tanpa potongan
  • result togel online
  • sbobet wap
  • rtp live slot
  • slot gacor resmi
  • slot gacor
  • judi slot gacor terpercaya
  • rtp live slot gacor
  • daftar joker123
  • situs judi bola
  • slot pulsa tanpa potongan
  • keluaran togel online
  • daftar sultan188
  • agen sultan188
  • sultan188 resmi
  • sultan188
  • sultan188 terpercaya
  • situs panengg
  • slot gacor
  • slot online terpercaya
  • sultan69 login
  • daftar sultan69
  • sultan69 login
  • daftar sultan69
  • sultan69 slot
  • indoxx1
  • lk21 indoxxi
  • situs sultan69
  • sultan69 login
  • sultan69
  • slot69 slot
  • slot online terbaik
  • sultan188 slot
  • b88 login
  • prediksi sgp hari ini
  • result hk lengkap
  • prediksi sgp
  • paito hk
  • erek-erek
  • slot
  • rtp slot
  • berita judi online
  • bocoran slot gacor hari ini
  • judi slot deposit pulsa
  • situs joker123 terpercaya
  • agen sbobet wap
  • daftar idn poker online terpercaya
  • slot deposit pulsa
  • toto togel
  • slot pulsa
  • idn poker
  • daftar slot300
  • situs slot300
  • link alternatif slot300
  • judi slot88
  • prediksi sgp
  • prediksi hk
  • prediksi hk malam ini
  • prediksi hk
  • prediksi sydney
  • prediksi sgp hari ini
  • erek erek 3d
  • buku mimpi 2d
  • buku mimpi 4d
  • prediksi macau hari ini
  • togel hongkong
  • togel singapore
  • togel malaysia
  • slot138
  • panen138
  • panen138
  • lk21
  • indoxxi
  • nonton film lk21
  • slot300
  • slot300
  • panengg
  • panengg
  • panen77
  • rtp b88
  • agen s77
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/-/sbobet/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/rtp-slot/
  • https://capacitacion.becas.ucr.ac.cr/glpi/slot-gacor/
  • slot138
  • situs slot138
  • slot138 resmi
  • panen138 slot
  • situs panen138
  • http://actadiurna.fisip.unsoed.ac.id/wp-includes/lk21/
  • agen panengg
  • daftar sultan188
  • daftar slot138
  • slot138 terpercaya
  • rtp slot138
  • agen slot138
  • panen77 slot
  • panen137 resmi
  • daftar sultan69
  • situs sultan69
  • login panen138
  • panen138
  • daftar panen138
  • agen panen138
  • panen138 slot
  • rtp panen138
  • हाम्रो टीम

    सूचना बिभाग दर्ता नं: १४७/०७३-०७४

    सञ्चालक/प्रबन्ध निर्देशक : शोभा मानन्धर
    प्रधान सम्पादक : हरि मानन्धर
    साहित्यः यश घिमिरे (नेपाल)
    व्यवस्थापक : रतन चन्द
    डेक्स सम्पादक : कविता सेडाई
    प्रमुख सल्लाकार : कृष्ण ज्ञावली

    प्रवास प्रतिनिधिः सुमन कार्की
    शवनम (जापान)
    उजैन (कोरिया)

    समाचार               विजनेश

    समाज                             अर्थ

    खेलकुद                          रोजगार

    प्रवास                              बैँक/वित्त

    राजनीति                          अटो

    राष्ट्रिय                              सुचना/प्रवाधि

    अन्तर्राष्ट्रिय                        पर्यटन

    © 2021 TajaKura. All Rights Reserved

    No Result
    View All Result
    • समाचार
      • राष्ट्रिय
      • अन्तर्राष्ट्रिय
      • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
      • बैँक / वित्त
      • रोजगार
      • पर्यटन
    • खेलकुद
    • समाज
      • अपराध
      • अन्तर्वार्ता
      • संस्कृति
    • स्वास्थ्य/शिक्षा
    • सुचना/प्राविधि
    • साहित्य
      • कविता/गजल
    • प्रदेश
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती प्रदेश
      • कर्णाली प्रदेश
      • लुम्बिनी प्रदेश
      • गण्डकी प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • प्रवास
    • अन्य
      • विचार
      • फिचर
      • रोचक
      • पत्र-पत्रिका
      • राम्रो संसार

    © 2021 TajaKura. All Rights Reserved