काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमा योजना पारेर बजेट विनियोजन गरेको दुई दिनपछि उक्त आयोजनामा निजी क्षेत्रले शिलान्यास गरेको छ। भारतलाई नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सुरुङ निर्माणका लागिसमेत बजेट विनियोजनसहित सङ्घीय सरकारले गत जेठ १५ गते ल्याएकामा जेठ १७ गते नै एमभी दुगड ग्रुपले सुरुङ निर्माण गर्ने भन्दै सुरुङ मार्गको शिलान्यास गरेको छ।
लामाबगर फलाक नाका नेपाल–भारत र चीन जोड्ने सबैभन्दा छोटो मार्ग हो । नौ सय मिटर सुरुङसहितको सडक बनाउन पछिल्लो १० वर्षदेखि यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरूले पहल गरिरहेका छन्। त्यसैअनुरूप सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमा लामाबगर सुरुङ मार्ग निर्माण गर्ने प्रतिबद्धतासहित बहुवर्षीय ठेक्का आह्वान गर्न २५ करोड रुपियाँ विनियोजन गरेको छ ।
जेट सार्वजनिक भएको दुई दिनपछि बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्कामार्फत गाउँपालिकाको वडा नं। १ लामाबगरमा शिलान्यास गरेपछि सुरुङ मार्ग निर्माण कार्य अन्योलमा परेको छ। भारतलाई नेपालबाट चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सबैभन्दा छोटो मार्गमा पर्ने सुरुङ निर्माणका लागिसमेत बजेट विनियोजन गरिएकाे छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ।
काठमाडौँ । नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा गायक मदन ढकालको स्वरमा “तीज–भयो क्यारे ठिस” तीज गीत सार्वजनिक भएको छ ।के एम म्यूजिक प्रोडक्सनको प्रस्तुती रहेको उक्त गीतमा गायकहरु मदन ढकाल, तिर्थ खत्री र गायिकाहरु टिका सानु, प्रतिभा सापकोटाको आवाज रहेको छ । गीतमा मदन ढकालको शब्द सिर्जना रहेको छ ।
गौरब गिरीको निर्देशनमा बनेको उक्त गीतको म्यूजिक भिडियो दिपक गिरीले छायाँकन गरेका हुन् । “तीज–भयो क्यारे ठिस” गीतको भिडियोमा मदन ढकाल, तिर्थ खत्री, टिका सानु, प्रतिभा सापकोटा, गोबिन्द बिबस र सुरेश भट्टको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस्:
आफ्नो प्रतिक्रिया दिनुहोस् !