काठमाडौ । कोभिड संक्रमितको संख्या उकालो लाग्ने क्रममा छ । वुधवार भन्दा विहिवार मृत्यु हुनेको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा तीन हजार सात जनामा भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८७० आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, छ हजार ५३८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १२ जना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९९४ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।
आज नेपालमा कोरोना भाइरसका ३ हजार ९ सय ३८ जना संक्रमित थपिसंगै कुल संक्रमितको संख्या ६ लाख ८ हजार ७९ सय पुगेको छ ।
आज २ हजार १२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ६३ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १८ हजार ४ सय ८ जनाको परीक्षणबाट ३ हजार ७ जना पिसीआर विधि र ९ सय ३१ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !