काठमाडौँ– चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट तोडेकी छन् । केही समय अगाडि उनले सामाजिक सञ्जालमार्फत एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइली र आफ्नो इन्गेजमेन्ट भएको बारे जानकारी दिएकी थिइन् ।
फेरी सामाजिक सञ्जालमार्फत नै उनले बराइलीसँगको इन्गेजमेन्ट तोडेको घोषणा गरेकी हुन् । आफूहरूबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोडेको उनको भनाइ छ ।
‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत घोषणा गरेको थिएँ। त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो।
समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । धेरै समीक्षा आत्मा समीक्षा पछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो’। उनले लेखेकी छन् ।
उनले सबै इन्गेजमेन्टहरु विवाहमा परिणत हुनै पर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने समेत बताएकी छन् । ‘आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत सार्वजानिक गर्दछु’, उनले भनेकी छन् । यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति उनले माफी मागेकी छन् ।
यो पनि हेर्नुसः विमानस्थलबाट सुनको औँठी
काठमाडौँ- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कालीमाटी गाउँपालिका-३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउँपालिका-८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।
हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौँ आएका उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।
प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औँठी र ३ थान आई फोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औँठी र १ थान आई फोन ८ प्लस तथा १ थान आई फोन ७ प्लस बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !