काठमाडौँ – हिन्दू धर्ममा विश्वास राख्ने मानिसले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ। विशेष व्रत उपवासबाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन्। आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ।
शनिबारको पूजा गर्दा यो कुराको ध्यान राखौँ। यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ। यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप बाल्ने चलन छ।
शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ। यसको अलावा शनिबारको दिन बेलुका गरिबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्य प्राप्त भन्ने विश्वास रहेको छ।
बिहानीपख किन भगवानको पूजा गर्ने ?
काठमाडौँ- भगवान्को पूजापाठ सामान्यतया बिहान गरिन्छ । बिहानको समय पूजा गर्नका लागि सबै भन्दा महत्वपूर्ण मानिन्छ । हुन त भगवानको आराधना दिनभर जुन कुनै समयमा पनि सच्चा मनले गर्न सकिन्छ । तर पूजा गर्नुको विशेष महत्व मुहूर्तमा हुन्छ ।
बिहानबिहान पूजा गर्दा हाम्रो मन पनि एकाग्र हुन्छ । निद्राबाट उठ्दा मन शान्त र स्थिर रहेको हुन्छ । यताउताको कुरामा हाम्रो दिमाग गएको हुँदैन । भगवानको भक्तिका लागि मनको एकाधिकार एकदमै महत्वपूर्ण छ ।
हामीले दिउँसोको समय कयौँ काममा बिताउने गर्दछौँ । जसका कारण हाम्रो मस्तिष्क पूर्ण रुपमा प्रभावित हुने गर्दछ । कामले गर्दा मन अशान्त हुने गर्दछ । त्यस्तो हुँदा कुनै बेला अधार्मिक कुरामा पनि मन पुग्ने गर्दछ ।
यस्तो अवस्थामा पूजा गर्न निकै मुस्किल हुने गर्दछ । त्यसैले सबै कुरालाई मध्यनजर गर्दै बिहानको मुहूर्त पूजाका लागि निकै उत्तम हुने गर्दछ ।
बिहानपख पूजा गर्दा दिनभरलाई आनन्द
जहाँ शान्ति र कुनै पनि अधार्मिक कुरा नहुने पूजाबाट भगवान प्रसन्न हुने गर्दछन् । बिहान गरेको पूजाको प्रभावबाट हाम्रो मनमा यति धेरै शक्ति प्राप्त हुन्छ की हाम्रो तनाव तथा समस्या हट्ने गर्दछ ।
दिमाग तीब्र रुपमा चल्दछ । त्यसैले हामीले एकसाथ कयौँ योजना बनाएर काम गर्न सक्छौँ । यस कारण बिहान पूजा गर्ने परम्परा चलिआएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !