आज श्री शाके १९४३ बि.स.२०७८ साल भाद्र २१ गते सोमबार, इश्वी सन २०२१ सेप्टेम्बर ०६ तारीख चतुर्दशी, भाद्र कृष्णपक्ष तिथी, पञ्चाङ्ग: परिघ वनाजी आश्लेषा, नक्षत्र: मघा , १८:४० बजे उप्रान्त पूर्वफाल्गुनी, तिथि: चतुर्दशी , ६:५६ बजे उप्रान्त औंसी, करण: शकुनि ६:५६ बजेदेखि चतुष्पद , १८:४४ बजे उप्रान्त वालव, योग: शिव , ८:२५ बजे उप्रान्त सिद्ध (ज्यो.प.सरोज घिमिरे)
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन् । कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ । बिछोडिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्नेछ । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धो का हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययनमा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ । प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ । मेहनत गर्दा आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन् । तर खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ने हुन सक्छ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । साँझदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । चुनौतीभित्र अवसर खोज्ने समय छ । प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ । आफन्तबाट टाढिनुपर्ला ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको ब न्ध न कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन् ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुनेछ। सानो प्रयासले नै काम बन्नेछ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ । मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ । जटिल काम समेत सम्पादन हुनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । समस्या निम्त्याउन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ । समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ । परिस्थितिले पनि स्वतन्त्रतामा बाधा पुर्याउला । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !