काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि बैंकले तोकेको मूल्य अनुसार मुद्राको विनिमय दर अमेरिकी डलर एकको नेपाली खरिद दर १३२ रुपैयाँ ८९ पैसा र बिक्री दर १३३ रुपैयाँ र ४९ पैसा रहेको छ ।
त्यसै गरी युरो एकको नेपाली खरिद दर १३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा , पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ र १६ पैसा बिक्रीदर १६१ रुपैयाँ ८८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ ९६ पैसा र बिक्री दर ८४ रुपैयाँ ३४ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यस्तै आज जापानी यन १० को खरिददर ८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८ रुपैयाँ ९५ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६० पैसा रहेको छ ।
बिस्तारमा हेर्नुहोस्
© Forex Nepal
आफ्नो प्रतिक्रिया दिनुहोस् !