मंसिर, काठमाडौं । राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।
आइतबार आएको मत परिणाम अनुसार शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरिन् । शाही कमल थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा राजेन्द्र लिङ्देनको समूहबाट लडेकी थिइन् । अध्यक्षमा राजेन्द्र विजयी भए पनि महामन्त्रीमा थापा पराजित भएकी छन् ।
राप्रपामा एक जना महिलासहित तीन महामन्त्री रहने व्यवस्था छ। महिला महामन्त्री पदमा कुन्ती र रेखा आमनेसामने भएका हुन् । नायिका रेखा २०७३ सालमा माओवादी छोडेर राप्रपा प्रवेश गरेकी थिइन् भने कुन्ती शाही दैलेखबाट राष्ट्रिय राजनीतिमा उदाएकी महिला हुन् । उनले स्थानीय विकास मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेकी छिन् ।
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !