काठमाडौ । महिलालाई झुक्याएर पोखरा भन्दै भारत लगेको अभियोगमा एक जना युवती पक्राउ परेकी छन् । महिलालाई पोखरामा राम्रो पैसा कमाउने काममा लगाइदिन्छु भनेर बे होस बनाएर भारतको कोठीमा लगेकी थिइन् । ति युवतीले ति महिलालाई पटक पटक बे चे को अनुसन्धानवाट खुलेको प्रहरीले जनाएको छ ।
महिलालाई झुक्याएर भारतको कोठीमा पुर्याएको अभियोगमा नुवाकोट दुप्चेश्वर गाउँपालिका– ५ ठेगाना भएकी २६ वर्षीया अनिशा तामाङलाई प्रहरीले पक्राउ गरेका हो । उनले महिलालाई चाउमिन खान दिएर त्यसमा बे हो स बनाउने बस्तु हालिदिएको पुष्टि भएको छ । प्रहरीले उनलाई पुष ९ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
पोखराको होटेलमा नाच्ने तथा बाँकी समय आफ्नै घरमा घरायसी काम गर्नुपर्ने, त्यसबापत राम्रो कमाइ हुन्छ भन्दै फूलमायाले महिलालाई विभिन्न प्रलोभन देखाएकी थिइन् । पोखरा जाने भनेर ०७४ साउनमा काठमाडौं आकाशेधारास्थित होटेलमा लगेकी थिइन्। त्यहाँ उनले ती महिलालाई चाउमिनमा बे हो स हुने औषधि मिसाइदिइन् । महिला बे हो स भएपछि विभिन्न ठाउँ हुँदै भारतको बम्बई, इलाहाबाद, कलकत्ता तथा कुचबिहारको कोठीहरूमा लगेको बताइएको छ ।
भारतीय प्रहरीको समन्वयमा नेपाली राजदूतावास तथा नेपालस्थित विश्व सेवा विस्तार संस्थाको सहयोगमा गत असोज २३ गते ती महिला नेपाल फर्किए पछि अनिशाको बारेमा खुलेको हो । उनै महिलाले दिएको बयानका आधारमा अनिशा पक्राउ परेकी हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !