साढे-दुई वर्षदेखि अमेरिकामा थिइन्– दुर्गा बास्तोला (सदीक्षा)। पाइलटको तालिम लिन अमेरिका जानुअघि दुर्गा नेपालमै ‘एयर होस्टेस’ को काम गर्थिन्। पहिले सौर्य एरलाइन्सको ‘एयर होस्टेस’ भएर काम गरिन्। त्यसपछि श्री एयरलाइन्सको प्रमुख एयरहोस्टेस जिम्मेवारी निभाइन्। त्यसपछि उनलाई पाइलट बन्ने जोश जाग्यो। अनि अमेरिका हानिइन्– पाइलट तालिम गर्न। अमेरिकाको टक्सासस्थित ‘डेल्टा क्वालिफ्लाइट एभिएसन एकेडेमी’ मा तालिम चलिरहेको थियो।
गतको पुस ५ गते उनको फोनको घण्टी बज्यो। फोन घरबाट आएको थियो। खबर पाइन्– दाजु प्रवीणको रहस्यमय मृ`त्यु भएको। दाजुको नि`धन खबरले उनको होशहवास उड्यो। तत्काल नेपाल आउने निधो गरिन्। रातारात टिकट मिलाइन्। मृ`त्युको खबर सुनेको तेस्रो दिन नेपाल आइपुगिन्। दुर्गाले बिएल नेपाली सेवासँग भनिन्, ‘दाइ नरहेको खबर सुन्दा मेरो होश उड्यो। म कसरी नेपाल पुगेँ, पत्तै पाइनँ।’
नेपाल आएर उनले दाजुको ह.त्याको अनुसन्धानको माग गर्दै इलाका प्रहरी कार्यालय, उर्लाबारीमा बाबुको नामबाट शंकास्पद व्यक्तिको नाममा किटानी जाहेरी दर्ता गराइन्। दाजुको मृ`त्युले स्तब्ध दुर्गालाई इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले आश्वासन दिए– अनुसन्धान चुस्त हुन्छ, ह.त्या हो कि भवितव्य हो न्यायोचित ढंगले यथार्थ पत्ता लाग्छ। प्रहरी निरीक्षक पोखरेलको कुराले दुर्गा ढुक्क भइन्।
दुर्गाले भनिन्, ‘इन्स्पेक्टरले पछि सोधखोज गर्दा त आलटाल गरेजस्तो लाग्यो। घटनाको मुद्दा के हुँदैछ भनेर सोध्दा पनि उल्टै रिसाउने, झपार्ने गर्न थाले।’ दुर्गालाई शङ्का लाग्यो– प्रहरीले केही गड्बड गरेको छ। अनि उनले प्रहरी अनुसन्धानको चासो लिन थालिन्। प्रहरीले सरकारी वकीलको कार्यालयमा पेस गरेका कागजपत्र पल्टाएर हेरिन्।
सरकारी वकीलको कार्यालयमा पेस गरेको फाइलमा पोष्टमार्टम रिपोर्ट पेस गरिएको थियो। त्यसमा लेखिएको देखिन्– ‘सामान्य मृत्यु’। त्यति मात्र हैन, उनले फाइलमा आफ्नो दाजुको नाममा अर्कै मान्छेको फोटो राखेको समेत फेला पारिन्।
घटनाबारे सबै कुरा जानकारी हुँदाहुँदै प्रहरी निरीक्षकले गलत मनसायले फोटो परिवर्तन गरेको भन्ने उनलाई लाग्यो। उनले घ`टनालाई झनै चनाखो भएर हेरिन्। उनलाई लाग्यो– रहस्यमय मृत्युलाई प्रहरीले नै सामान्य बनाएको र दाजुका ह`त्यारालाई प्रहरीले उम्काउन खोज्दै छ। त्यसपछि दुर्गा प्रहरी कार्यालयबाटै ‘फेसबुक’ मार्फत् घ`टनाको पर्दाफास गर्ने भन्दै ‘लाइभ’ गरिन्। प्रहरी निरीक्षक पोखरेलको कठालो समाइन्।
प्रहरीले उनलाई प्रहरी कार्यालय बाहिर निकाल्न खोज्यो। गाँउलेहरुले पनि दुर्गालाई साथ दिए, प्रहरी कार्यालय घेराउ गरेका थिए। प्रहरीले आर्थिक लाभ लिएर घ`टना मिलाउन खोजेको र अ.पराधीलाई भगाएको भन्दै अहिले गाँउलेले दिनहुँ प्रहरी कार्यालयमा आन्दोलन गर्ने गरेका छन्।
दुर्गाको फेसबुक लाइभले दबाब अभियान आन्दोलनमा परिणत भएको छ । उनलाई स्थानीयबासीले साथ दिएका छन् । उनलाई अहिले संसारभरिबाट साथ मिलेको छ । सबैले साहसी महिलाको संज्ञा दिन थालेका छन् । प्रवीण बास्तोला गत पुष ५ गते शंकास्पद अवस्थामा मृत भेटिएका थिए। उनी राती साथीहरुसँग बसेको कोठामा बिहान मृत फेला परेका थिए ।
यश घटनालाइ कसैले पनि अतिरन्जित र राजनीतिसग मिसाउने यदि कसैले दुस्साहस गर्छ भने सो उपर पनि मुद्दा हालिदिने समेत बताइन ।रफादफा गर्न खोज्ने प्रहरी उपर कानुन अनुरुप कार्वाहि हुनुपर्नेमा समेत उनले जोड दिइन्।आफुले न्यायको लागि आवाज बुलन्द गरिरहदा आवाज दबाउन चौतर्सि प्रयाश हुन्छन् भने ती तमान घ`टना बारे बोलेदै नबोल्नेहरुको अवस्था आफुले आकलन गर्न सकिने समेत बताउछिन् ।
थप हेर्नुस् भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !