एजेन्सी । सत्ता गठबन्धनका तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुख पदका उमेदावर रेनु दाहालले गएको पाँच वर्षमा भरतपुरमा आफूहरूले विकासको ‘कास्टिङ’ गरेको भन्दै पुनः जितेर पाँच वर्षभित्र पूर्ण ‘फिल्म’ देखाउने जिकिर गरेकी छन् ।
बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नगरवासी र प्रतिपक्षहरूको अगाडि टाउको झुकाउनुपर्ने अवस्था नभएको दाबी गरिन् । “हामीले पाँच वर्षभित्र कामको कास्टिङ देखायौँ । धेरै आयोजनाको काम अघि बढाएर कास्टिङ देखाइसक्यौँ । हामीलाई जिताउनुहोस्, पाँच वर्षभित्र आयोजना पूरा गरेर समग्र फिल्म देखाउँछौँ,” उनले भनिन् ।
उनले रोजगार बैंकको स्थापना गर्नेदेखि विदेशी लगानी भित्र्याउने र आर्थिक विकास केन्द्रको हब बनाउने प्रतिबद्धता व्यक्त गरिन् । “पाँच वर्षमा ६२२ किलोमिटर सडक विस्तार गरेका छौँ । शुद्ध खानेपानीको व्यवस्थापनका लागि चार अर्बका खानेपानी योजना अघि बढाएका छौँ । अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माणको काम जारी छ । चार अर्ब ७२ करोड लगाएर नारायणीको तटबन्धन निर्माण भएको छ,” कामको फेहरिस्त सुनाउँदै उनले भनिन् ।
माओवादी केन्द्र र ४ दलबीच एकताका लागि हस्ताक्षर, माओवादी अब एमालेभन्दा ठूलो दल !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ दलसँग माओवादीको एकता हुन लागेको बताएका छन् । उनको नयाँ खुलासाले राजनीति वृतमा चर्चा पाएको हो । यो खुलासाले नेकपा एमालेलाई धक्का लागेको छ ।
सत्तारुढ गठबन्धनमा रहेका चार पार्टीबीच आउँदो चुनावमा गठबन्धन गर्ने समझदारी भएको खुलासा गरेका हुन् । बिहीबार चितवनमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच आगामी चुनावमा गठबन्धन हुने बताएका हुन् ।
‘हामी, एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा र मोहनबिक्रम सिंहको पार्टीबीच अहिले नै गठबन्धन बन्ने कुरामा प्रतिवद्धता पनि छौँ र आधार छ’ उनले भने, ‘कांग्रेससँग जहाँ निरंकुश प्रवृत्ति, प्रतिगामी प्रवृत्ति हावी हुन्छन् ।’
‘जहाँ तिनीहरु अलि बलियो छन् । त्यो ठाउँमा हामीले कांग्रेससँग सिट एडजस्टमेन्ट गर्ने बाँकी ठाउँमा प्रतिस्पर्धा गर्ने र गठबन्धनलाई कायम राख्ने भन्ने केन्द्रीय स्तरमा समझदारी छ’ उनले भने ।
प्रचण्डले आउँदो चुनावमा यसरी गठबन्धन गर्न सकेमा देशको एक नम्बर मोर्चा बन्ने र राजनीतिक नेतृत्व आफूहरुको हातमा आउने बताए । उनले पार्टीको वैचारिक, सांगठनिक स्थिति मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिए । ‘जनतासँगको सम्बन्ध मजबुत बनाउन सकेनौं भने मोर्चाबाट मात्र सफलता प्राप्त गर्न सकिँदैन’ प्रचण्डले भने ।
कांग्रेसका नेताहरुले गठबन्धनमा चुनाव नलड्ने बताइरहेका बेलामा प्रचण्डले त्यसैलाई बल पुग्ने कुरा गरेपछि राजनीतिले नयाँ मोड लिएको छ । अब देशमा त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी निर्वाचनमा एमाले, कांग्रेस र माओवादीबीच तिब्र प्रतिशपर्धा हुने छ
आफ्नो प्रतिक्रिया दिनुहोस् !