साउन – २२, स्याङ्जा । हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको बिषयमा अख्तियारमा उजुरी परेको भन्दै राजधानी अनलाइन र राजधानी दैनिकमा समेत समाचार प्रकासित भएपछि आफ्नो भनाई सञ्जाल मार्फत प्रकाशित गर्नुभएकाे छ । उहाँकाे अनुसार बिरोधीहरूले केहि सञ्चार माध्यममा आफ्नो चरित्र हत्या गर्ने गरि समाचार प्रकाशन गरेकोमा खेद प्रकट समेत गर्नु भएकाे छ ।
हरिनासका कान्छा सरकारकाे नामबाट गाउँपालिकामै राम्रो कार्य भैरहेकाे देखेर आगामी निर्वाचनलाइ मध्यनजर गर्दै मेरो बदनामी गरेर चुनावी मसला बनाउन लागेका र यस्ता झूठका कुराले कहिल्यै बिजय हुन नसक्ने बताउनु भएकाे छ । हरिनासकाे समग्र बिकासको क्रममा हरिनासबासी जनतासँग प्रत्यक्ष सरोकार राख्दै जनातासँग अध्यक्ष कार्यक्रम मार्फत लोकप्रिय बन्दै गरेका अध्यक्ष मानन्धरकाे वाहवाही देखेर विरोधीहरूले मेरो बिरूद्धमा उजुरी हालेकाे बताउनु हुन्छ ।
हरिनासका गाउँपालिका अध्यक्ष मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा भनिएको छ, “आफुले गल्ती नगरेको र जुन सुकै परिस्थितपसंग पनि जुध्न तैयार रहेको बताउदै कहाँ कुन निकायबाट छानविन गराउने हो गराए हुन्छ, सिरक भित्र मुडकी कसेर युद्ध जितिदैन । आफुले कुनै गल्ती नगरेको बताउदै पालिकाबासीलाई ढुक्क हुन् समेत अध्यक्ष मानन्धरले आग्रह गर्नुभएको छ । आफ्नो लोकप्रियता संग तर्सिएर चुनाव नजिकिदै गर्दा विपक्षीहरु अख्तियार गएको उहाँले बताउनुभयो ।
विपक्षीहरु त्रसिएर आफुलाई फसाउने उद्देश्यले अख्तियारमा मुद्धा हालेको र कुन विषयमा कसलाई मुद्धा हालेको अहिले सम्म आफुलाई अख्तियारबाट जानकारी नभएको र केहि दिनमा थाहा हुने बताउनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !