काठमाडौं । सुन नै बरामद हुन नसकेको र तस्करी भएको अन्य पर्याप्त प्रमाण नपुगेको भन्दै बहुचर्चित ३८ क्विन्टल सुन तस्करी मुद्दामा अदालतमा उपस्थित भएका सबै ५६ अभियुक्तले सफाइ पाएका छन् ।
तस्करीसँगै जोडिएको सनम शाक्यको अपहरण तथा हत्या मुद्दामा भने प्रत्यक्ष संलग्न गोरे भनिने चूडामणि उप्रेतीलगायत आठ जना मात्र दोषी ठहर भएका छन् । मुद्दा दायर भएको करिब साढे तीन वर्षपछि जिल्ला अदालत मोरङका न्यायधीशं भरत लम्सालले मंगलबार फैसला सुनाएका हुन् ।
भन्सार ऐन, २०६४ मा तस्करी भएको सामान बरामद भएको अवस्थामा मात्र यस्तो सजाय हुने मकसथ रहेको, तर त्यसअनुसार तस्करीको सामान बरामद हुन नसक्नुलाई सफाइको प्रमुख आधार बनाइएको छ ।
प्रहरी ६ वर्षको अवधिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन हजार सात सय ९९।५५ केजी सु तस्करी भएको दाबीसहित भन्सार ऐन २०६४ को ५७ को दफा १ च अनुसार अभियोग दायर गरेको थियो । तर, त्यसमध्ये अलिकति पनि सुन बरामद हुन सकेन हराएको भनएिको साढे ३३ कलिो सुनसमेत बरामद हुन नसक्दा आरोपिलाई फाइदा भएको हो ।
विमानस्थलबाट सुन तस्करी भएको भन्ने बलयिो प्रमाण नहुनुलाई सफाइको अधाधार बनाइएको छ । विमानस्थलमा कार्यरत थाई एयरलाइन्स तथा नेपाल एयरलाइन्सको कमएचारीको प्रहरीसँगको साबिती बायन तथा सुन कारोबारसम्बन्धी हिसाबकिताबको डायरीलाई प्रमुख प्रमाणको रुपमा पेस गरिएको थियो । तर, सर्वोच्च अदालतको एक फैसलाअनुसार निजी डायरीलाई प्रमाण मान्न नसकिने नजिरलाई समेत टेकेर सफाइ दनि निर्णय भएको हो । नयाँ पत्रिका दैनिकबाट
आफ्नो प्रतिक्रिया दिनुहोस् !