काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन हिजो आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । तर महाधिवेशनमा भएको पराजित र विजयबारे विभिन्न टिप्पणी भइरहेको छ ।
पछिल्लो समय अध्यक्षमा पराजित कमल थापा र पूर्वयुवराज्ञी हिमानी शाहबीच सामाजिक संञ्जालमा जुहारी नै चल्दै आएको छ । कमल थापाले हिमानी शाहलाई ट्वीटरमा ट्याग गर्दै अब चाँडै राजसंस्था पुनःस्थापना हुन्छ भन्दै टिका-टिप्पणीहरु गर्दै आएका छन् । यतिबेला हिमानी शाहका राजनैतिक विचारहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
यस्तै हिमानी शाहले ‘राजा र नेतामा के फरक छ ?’ भन्दै ट्वीट गरेको भाइरल बनेको छ । उनले लेखेकी छिन्, ‘राजा र नेतामा के फरक छ ? भन्नेहरुले ज्ञानेन्द्र र कमल थापालाई हेरे पुग्छ, गद्दी छोड्दा बर्बराएनन राजा तर नेता कमल थापाले सन्तुलन गुमाए झै गरी सके ।’ हिमानी शाहले राजेन्द्र लिङ्देन विजयीपछि विभिन्न विचारहरु राख्दै आएकी छिन् ।
ट्विटरमा फेक एकाउण्ट जस्तो लागे पनि यस्तो लेखिएको रहेछः
राजा र नेतामा के फरक छ ? भन्नेहरुले ज्ञानेन्द्र र कमल थापालाई हेरे पुग्छ ,गद्दी छोड्दा बर्बराएनन राजा तर नेता कमल थापाले सन्तुलन गुमाए झै गरी सके ।
— Himani Shah (@HimaniSh123) December 6, 2021
राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टी अध्यक्षमा राजेन्द्र लिङ्देनसंग पराजित भएका कमल थापाले आफ्नो पराजयमा निर्मल निवसको नाङ्गो हस्तक्षेप भएको भन्दै पूर्व राजा ज्ञानेन्द्र खुबै आलोचना गरेका थिए । त्यसपछि सामाजिक संञ्जालमा वाक युद्ध नै सुरु भयो ।
बधाई दिने क्रममा हिमानी शाहले ट्वीट गर्दै अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनले अवसरवाद, नातावाद, कृपावाद को अन्त्य गर्न सफल भएको र मुलुकले राष्ट्रवादी नेता पाउन सफल भएको भन्दै बधाई दिएकी थिइन् । त्यो कुरा पराजय भएका कमल थापालाई असह्य भयो र रि ट्वीट गर्दै हिमानी शाहलाई मेन्सन गर्दै आक्रोशीत रुपमा अब चाँडै राजसंस्था पुनःस्थापना हुने भयो, हिमानी शाहलाई हार्दिक बधाई एवं शुभकामना लेखेका थिए ।
कमल थापाको ट्विटरबाटः
अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा @HimaniSh123 लाई पनि हार्दिक बधाई तथा शुभकामना https://t.co/a8VzuFRWSr
— Kamal Thapa (@KTnepal) December 5, 2021
त्यस्तै राप्रपाको अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भए तब राजनीतीक वृतमा मात्रै नभइ देश भरिनै उनकै चर्चा चलिरहेको छ । आफ्नो विपक्षी होस् या अन्य पार्टीका व्यक्तिहरुबाट लिङ्देनलाई बधाई तथा शुभकामनाको ओइरो छ । हिजो आइतबार सम्पन्न भएको राप्रपा एकता महाधिवेशनबाट अध्यक्षमा लिङ्देन चुनिए अनि तात्यो अब राजतन्त्र फर्किन्छ की भन्ने माहोल ।
यता तत्कालीन राप्रपा अध्यक्ष कमल थापा पराजित भएपछि लिङ्देनको जीतमा प्रयाजसो व्यक्ति खुशी छन् । हुनत कमल थापा आफ्नो पार्टीको लागि नलडेका भने हैनन् तर उनको केही अस्वभाविक गतिविधीले महाधिवेशनभित्र किचलो जस्तै बनायो र नेतृत्वको तय गर्ने क्षमता उनमा कमजोर बन्दै गयो । एकअर्कालाई टिकाटिप्पणी गर्न खपिस नेताहरु अहिले सामाजिक सञ्जाल मार्फत एकआपसमा जुधिरहेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !