सत्ता गठबन्धनले १८ बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।
एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक सार्वजनिक गरेको हो।
सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।
सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने छ।
हेर्नुस् पूर्णपाठ:
देउवा र नेपालबीच भेट
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार भेट भएको छ।
देउवा र नेपालबीच अहिलेको समसामयिक विषयमा छलफल भएको थियो। भेटमा नेपालले अहिलेको गठबन्धन भत्काउनेबारे सोच्न नहुने सुझाव दिएको स्रोतले बतायो।
नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारे धेरै नाकरात्मक हुन नहुने समेत बताएका थिए। आफ्नो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेबारे निर्णय नगरे पनि सकारात्मक रहेको नेपालले देउवालाई बताएका थिए। प्रधानमन्त्री प्रचण्डले आगामी पुस २६ गते विश्वासको मत लिँदैछन्।
नेकपा एकीकृत समाजवादीभित्र वर्तमान सरकारलाई विश्वासको मत दिनुपर्छ भन्ने सांसदहरूको मत बलियो छ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !