काठमाडौं । आज (बुधबार) नेपालमा अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । नेपाली मुद्रा केही बलियो बन्दा अमेरिकी डलरबाहेक नेपालीहरूको प्रमुख रोजाइको शैक्षिक र आवासीयदेखि श्रम गन्तव्य मुलुकसम्मका मुद्राको सटहीदर घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज अमेरिकी डलर १ को खरिददर १३२.६० र बिक्रीदर १३३.२० रुपैयाँ तोकिएको छ । यो मुद्राको सटहीदर स्थिर छ । यूरो १ को खरिददर १४२.३३ र बिक्रीदर १४२.९८ रुपैयाँ तोकिएको छ । हिजो यो मुद्राको खरिददर १४२.६२ र बिक्रीदर १४३.२७ रुपैयाँ थियो । यूके पाउण्ड स्ट्रेलिङ १ को खरिददर १६६.४९ र बिक्रीदर १६७.१४ रुपैयाँ तोकिएको छ । हिजो यो मुद्राको प्रतिइकाइ खरिददर १६६.९२ र बिक्रीदर १६७.६८ रुपैयाँ तोकिएको थियो ।
आज नेपालीहरूको प्रमुख शैक्षिक/श्रम गन्तव्य अष्ट्रेलियाको मुद्राको भाउ पनि घटेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.१० र बिक्रीदर ८६.४९ रुपैयाँ तोकिएको छ । हिजो यो मुद्राको खरिददर ८६.२६ र बिक्रीदर ८६.६५ रुपैयाँ थियो ।
बाँकी हेर्नुहोस्ः
© Foreign Exchange Rates
आफ्नो प्रतिक्रिया दिनुहोस् !