एजेन्स । ४५ वर्षमाथिका महिलाहरूमा लगातार एक वर्षसम्म महिनावारी भएपछिको अवस्थालाई महिनावारी सुकेको भन्न सकिन्छ ।महिलाको शारीरक बनावटका आधारमा ५० वर्षसम्ममा पनि महिनावारी सुक्न सक्छ ।
यसरी सुकिसकेपछि पनि रक्तश्राव भएमा पाठेघरको मुखको क्यान्सर हुन सक्ने सम्भावना हुन्छ । त्यसैले महिनावारी बन्द भइसकेपछि पनि रक्तस्राव भएमा तुरुन्तै विशेषज्ञकहाँ गएर परीक्षण गराउन सुझाव दिन्छन् परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सन्देश पौडेल ।
यो उमेरका महिलाले प्रत्येक वर्ष एकपटक स्त्रीरोग विशेषज्ञसँग परीक्षण गराउन विशेषज्ञहरूले सुझाव दिँदै आएक छन् ।
मतपत्र जनक शिक्षा सामग्रीबाट छापिने, तयार रहन आयोगको निर्देशन
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ ।शुक्रबारको बैठकले शिक्षा सामग्रीलाई छाप्ने मेसिनलगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिए ।
“यसअघि अनौपचारिक छलफल भइरहेको थियो । आज मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्ने निर्णय गरेको छ । आवश्यक मेशिन, स्रोत साधान दुरुस्त राख्न निर्देशन दिने भन्ने भएको छ,”उनले बाह्रखरीसँग भने ।
उनकाअनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो ।आयोगले मतपत्र छपाइको मेसिन खरिद गरे पनि उक्त मेसिनबाट सम्भव नहुने बताइएको छ ।स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !