राउटेपरिवारका दुई युवती माथि भएको अभद्रब्यवहारको सर्वत्र बिरोध भएको छ । यसै सन्दर्भमा ठकुरी सहयोग संजालले पनि एक बिज्ञप्ती जारी गर्दै बिरोध जनाएको छ । संजालले सोमबार जारीगरेको उक्त प्रेस बिज्ञप्तीमा कोरोना माहमारी बिच भएका राउटे समुदयकाका दुई युवती र अन्य थुप्रै घटनाहरुलाई सम्बोधन गर्दै लेखेको छ घटनामा संग्लग्न दोषीलाई पक्राउ गरी कडा भन्दा कडा कारवाही होस् ।
प्रेस बिज्ञप्तिको पूर्ण पाठ
कोभिड १९ को दोश्रो महामारी चलिरहेको अनि देश लकडाउनमा रहेको त सर्वविदित नै छ। तर यस्तो विषम परिस्थितिमा पनि एक पछि एक गर्दै आपराधिक घटना बढ्दै जानु र त्यस बिरुद्ध चालिएका कदमहरु सर्वसाधारण आमनेपाली जनताहरुले महसुस गर्न नसकेको यथार्थ हो। हालसाल मात्रै घटित सबिता भण्डारी संग जोडिएको समाचार होस् वा सुर्खेतमा घटेको लोपोन्मुख राउटे समुदायकी युवती माथिको यौन हिँसा वा भनौ यसै महिना भित्र घटित हत्या अनि अरु आपराधिक घटनाले, हाम्रो सिंगो समाज नै दुषित त भैसकेको छैन ? भनेर प्रश्न उठाउन पर्ने समय आएको प्रतित भएको छ। नेपाल प्रहरीले सुर्खेतको घटनामा संग्लग्न दोषीलाई पक्राउ गरिसकेको अवस्थामा कहिँ कसैको दबाब, प्रभाबमा नपरी दोषीलाई हदै सम्मको कडा कारवाहीको लागि जोडदार माग गर्दछ ।
कुनै पनि देशमा अनि कुनै पनि शासनमा आम सर्वसाधारण यसरी अनवरत आपराधिक चपेटामा पर्नु भनेको त्यहाको कानुन, अनि कानुन कार्यन्वयन र देशको इज्जत र महिमा माथि नै प्रश्न चिन्ह हो। यी अनि यस्तै घटनाका अपराधीहरु ले उन्मुक्ति पाउने अवस्था वा अनुसन्धान नै नहुने जस्तो अवस्था आएको खण्डमा कानुनी राज्य अनि सिंगो देशको शासन पद्धति माथि नै दोषको औंला फर्किने निश्चित छ ।
तसर्थ कुनै पनि व्यक्तिले कोइ पनि आम नेपाली सर्बसाधारणमाथि गरेको अपराध, उत्पीडन अनि हिँसा प्रति ठकुरी सहयोग संजाल घोर भत्सर्ना गर्दछ। साथै सम्पूर्ण सरोकारवाला निकाय अनि कानुन पालना गराउने संयन्त्र ( नेपाल प्रहरी )लाइ पनि यी र यस्ता घटना प्रति एकदम कडाइका साथ अनुसन्धान गरि कठोर भन्दा कठोर कार्यवाही गरोस भनि आग्रह गर्दछ। दण्डहिनताको अनि उन्मुक्तिको घटना धेरै देखिनुले समाजमा कानुनी राज्यको परिचय नै हराएको अवस्था अनुभूत भैराखेको हुँदा सम्पूर्ण मिडिया तथा मिडियाकर्मी ज्युहरु मा पनि यस्ता खाले घटनाको निरन्तर फलो-अप गरिदिनको लागि आग्रह गर्दछौं ।
रोग र भोकले दोहोरो मारमा परेको आम नेपाली सर्वसाधारणले अपराधको कारणले ज्यान गुमाउन र दुख पाउन नपरोस भन्दै, कानुन कार्यन्वयन र पालाना गराउने दायित्व बोकेको सिंगो नेपाल प्रहरी संगठन र राज्य संचालनको बिंडो उठाएको सरकारलाइ आम नेपाली सर्वसाधारणको सुरक्षाको मामिलामा संबेदनशील भइ, तत् अनुसारको कार्यमा बिशेष पहल गरि अघि बढोस भनि ठकुरी सहयोग संजाल जोरदार माग गर्दछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !