-यापर हनी सिंहमाथि उनकी पत्नी शालिनी तलवारले घरेलु हिं’साको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् । दिल्लीको तीस हजारी कोर्टमा दायर गरिएको १२० पन्नाको रिट निवेदनमा कयौँ आश्चर्यजनक खुलासा उनले गरेकी छन् । शालिनीले आफ्नो रिट निवेदनमा हनी सिंह मात्र नभएर सासू भूपिन्दर कौर र ससुरा सबरजीत सिंह र भाउजु स्नेहा सिंहमाथि पनि आरोप लगाएकी छन् ।
शालिनीले आफ्नो पतिको परिवारले गरेको अत्याचारको विरुद्ध सुरक्षा आदेश र अन्य राहतको माग गरेकी छिन् । रिट निवेदनमा शालिनीले एक घटनाबारे उल्लेख गर्दै ससुरामाथि पनि गलत हरकत गरेको आरोप लगाएकी छन् । शालिनीका अनुसार हनी सिंहका पिता बिना कुनै काम उनको कोठामा आउने गर्थे र एक पटक कपडा फेर्दै गर्दा कोठा आएर गलत तरिकाले छुन खोजेका थिए ।
हनी सिंहको कयौँ युवतीहरूसँग स’म्बन्ध रहेको पनि शालिनीको आरोप छ । उनका अनुसार ‘ब्रा’उन रङ्ग दे’ गीतको सुटिङका क्रममा उनले हनी सिंहलाई यौ ‘न क्रि’या’कलाप’मा लि’प्त रहेको बेला र’ङ्गे हा’त समातेकी थिइन् । त्यतिबेला हनी सिं’हले आफूमाथि र’ ‘क्सीको बोतल फालेको उनको दाबी छ ।
शालिनीका अनुसार विवाहको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि हनी सिंह निकै अत्तालिएका थिए । त्यसपछि फोटो लिक गरेको आरोप लगाउँदै हनी सिंहले आफूलाई पि’ ‘टेको उनको आरोप छ । हनी सिंहले आफ्नो वैवाहिक जीवनको अस्तित्व लुकाउन चाहेको शालिनीको दाबी छ ।
मिडिया रिपोर्टका अनुसार शालिनीले घरेलु हिं’साबाट महिलाको संरक्षण अधिनियम अन्तरगत हनी सिंहसँग १० करोड रुपैयाँ क्षतिपूर्ति माग गरेकी छन् । शालिनीले घरेलु हिं’साको मामिला दर्ता गरेपछि दिल्ली कोर्टले हनी सिंहलाई २८ अगस्तसम्म जवाफ पठाउन भन्दै नोटिस जारी गरेको छ । त्यस्तै, शालिनीको पक्षमा अन्तरिम आदेश जारी गर्दै हनी सिंह र उनको संयुक्त स्वामित्व रहेको सम्पत्ति बेचबिखनमा रोक लगाएको छ ।’
श्रीमतीले घरेलु हिं’सा गरेको आरोप लगाएपछि हनी सिंह पछिल्लो समय सामाजिक सञ्जालमा छाएका छन् । उनको श्रीमतीले परिवारमाथि पनि गम्भीर आरोप लगाएकी छन् । श्रीमतीले लगाएका सम्पूर्ण आरोपहरुको बारेमा कुनै प्रतिक्रिया नदिएका हनी सिंहले यसको विषयमा आफ्ना भनाई राखेका छन् ।
उनले एक वक्तब्य जारी गर्दै श्रीमतीले आफूमाथि लगाएको आरोप झुट भएको आरोप लगाएका छन् । उनले श्रीमतीले लगाएका सबै आरोप साँचो नभएको समेत बताएका छन् ।
हनी सिंहले इन्स्टाग्राममा लेखेका उक्त जवाफमा भनेका छन्, ‘मेरी श्रीमतीले ममाथि लगाएका झुठा आरोपले मेरो मनमा गहिरो पी’डा परेको छ । उनले लगाएका सबै आरोप झुट हो । मैले यसअघि कुनै पनि सार्वजनिक अभिव्यक्ति दिएको थिइन । मेरो गीतलाई, मेरो स्वास्थ्यलाई र मेरो बारेमा मिडियामा गलत समाचार फैलाइन्थ्यो मैले कहिल्यै सार्वजनिक रुपमा त्यसको विरोध गरिन । म यो पटक चुपचाप रहन सकिन । मेरा बुढा बाआमा र मेरी सानी बहिनीमाथि लगाइएका झुठा आरोप हुन् । उनीहरु मुश्किल समयमा सबै मेरो साथमा थिए ।’
उनले अगाडि भनेका छन्, ‘ म १५ वर्षदेखि यो उद्योगमा छु । यसबीचमा मैले थुप्रै कलाकार र संगितकारसँग काम गरिसकेको छु । मेरो श्रीमतीसँग स’म्बन्ध कस्तो थियो भनेर सबैलाई थाहा छ । म धेरै बोल्न चाहान्न किनकी यो मामिला अब अदालतसम्म पुगिसकेको छ । मलाई कानुनमाथि र अदालतमाथि पूर्ण भरोसा छ । छिट्टै सत्य अगाडि आउनेछ ।’
आफ्नो प्रतिक्रिया दिनुहोस् !