काठमाडौ । सामाजिक सञ्जालका माध्यमवाट पुरुषहरुलाई ठ गी गर्ने दुई युवती पक्राउ परेका छन् ।
पुरुषलाई जालमा पारेर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजना युवतीलाई गोंगबुबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक घर भएकी युनिसा मगर उर्फ उर्मिला र सुनिता तामाङ उर्फ रोशनी छन् । युनिसा र सुनिताले फेसवुकमा युवाहरुलाई साथी बनाएर ठगी गरेको खुलेको छ ।
उनीहरुले दोलखा घर भएका एकजना पुरुषको साढे ३ तोलाको सिक्री लगेका छन् । युवकले दिएको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरीएको महानगरीय महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए । ३ महिनाअघि बौद्ध बस्ने ती पुरुषलाई काभ्रेको नमोबुद्ध घर भएकी सुनिता तामाङले फेसवुकमा रिक्वेष्ट पठाउँछिन् । उनीहरुबीच कुराकानी हुन्छ ।
त्यसपछि उनीहरुको मित्रता अघि बढ्छ । युनिसा उनकी साथी हुन् । केही दिनअघि उनीहरुले ति पुरुषलाई फोन गरेर उनलाई एयरपोर्टमा भेट्न बोलाए । ट्याक्सि चढाएर चापागाउँ बसपार्क सँगै रहेको होटलमा लगेर राखे । युनिसा मगरले ‘टिकटक बनाउँछु’ भनेर पुरुषको सुनको सिक्री मागेर हिडिन् । युनिशा भागेपछि सुनिता पनि उनलाई छाडेर हिँडिन् ।
फोन गरेर सिक्री माग्दा ‘हामीसँग भिडियो छ, पुलिसकहाँ गएमा तँलाई उल्टै फसाउँछौं’ भने पछि आफु ठगीमा परेको उनले थाहा पाए । भिडियो देखाउँछौं भनेर उनीहरुले सिक्री लगेको भोलिपल्ट १ लाख ६३ हजारमा उनीहरुले टिकाथलीमा रहेको सुन पसलमा बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !