काठमाडौ । संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
उनलाई मंगलबार बिहान किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। उनको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको पाठकले बताए। उहाँको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ,’ उनले भने, ‘अहिले क्याबिनमै राखिएको छ। अवस्था सामान्य छ।’ यसबारे अस्पतालले केहीबेरमा प्रेस विज्ञप्ति जारी गर्ने बताएको छ।
यो पनि,
गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ । प्रदेश स्वास्थ्यतथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो। यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता प्रारम्भ भएको जनाइएको छ।
रेडक्रस गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालका अनुसार जिपिएसबाट पूर्व अस्पताल स्वास्थ्य सेवा प्रणाली विकास गरी सेवा पु-याउने उद्देश्य राखिएको छ। प्रदेशमा सरकारी अस्पताल, रेडक्रस अन्य सामाजिक सङ्घ संस्था र निजी अस्पतालकासमेत गरी २१६ एम्बुलेन्स सञ्चालनमा छन्। यस वर्ष १५० एम्बुलेन्समा जिपिएस जडान गरिने र बाँकीलाई अर्को आर्थिक वर्षमा जडान गरिनेछ।
यस कार्यक्रमको लागि स्वास्थ्य निर्देशनालयबाट करिब रु ३८ लाख र नेपाल रेडक्रसले करिब रु ६२ लाख खर्च गर्नेछन्। एउटा एम्बुलेन्समा जिपिएस जडान गर्न करिब रु १२ हजार र वार्षिक रिचार्ज गर्न करिब चार हजार ५०० खर्च लाग्ने बताइएको छ। यही माघ २३ र २४ गते रेडक्रस र सरकारी अस्पतालका गरी २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ भने विस्तारै ११ वटै जिल्लामा यो सेवा विस्तार गरिने जनाइएको छ।











आफ्नो प्रतिक्रिया दिनुहोस् !