काठमाडौं – भरतपुर महानगरपालिकामा रेनु दाहाल निर्वाचित नभए देश दु’र्घट’नामा जान्छ भन्ने पुष्पकमल दाहालको अभिव्यक्तिप्रति निर्वाचन आयोगले जाँचबुझ थालेको छ ।
प्रचण्डको भनाइबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रश्न उठाउनुका साथै उजुरीसमेत परेपछि आयोगले आन्तरिक रुपमा छानविन थालेको हो ।आफ्नो दलको उम्मेदवार निर्वाचित नभए देश दु’र्घट’नामा जान्छ भन्ने अभिव्यक्ति प्रत्यक्षरपरोक्ष रुपमा ध’म्की हो भन्ने देखिन्छ ।
मतदाताहरुलाई यसरी धम्क्याउनु आचारसंहिता विपरीत हो भनेर उजुरी परेको छ’ आयोगस्रोतले भन्यो, ‘हाम्रो टोलीले प्रमाण जुटाई अनुसन्धान थालेको छ । सरसर्ती हेर्दा यस्तो अभिव्यक्ति स्वभाविक देखिँदैन । अध्ययन गरेर बेलुकीसम्म केही निष्कर्षमा पुग्छौं ।’
दाहालले भरतपुरमा भएको सत्ताधारी गठबन्धनको निर्वाचन सभामा आफ्नी छोरीसमेत रहेकी माओवादी केन्द्रकी उम्मेदवार दाहाल निर्वाचित नभए देश दु’र्घट’नामा जाने चेता’वनी दिएका थिए । त्यो चेता’वनीको चौतर्फी आलो’चना भएको थियो । मतदातालाई धम्क्या’एको र भयरहित निर्वाचनको वातावरण विथोलेको भन्दै उनी विरुद्ध उ’जुरी परेको हो ।
यो पनि :हुम्लामा पाँच जना महिला स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । निर्वाचन सम्पन्न गर्न कर्मचारी खटाउने कार्यलाई समावेशी बनाउन स्थानीय तहको निर्वाचनमा जिल्लाका पाँच जना महिला कर्मचारीलाई,
मतदान अधिकृतको जिम्मेवारी दिएर खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।निर्वाचनका लागि डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र,
सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता मावि मतदान केन्द्र, राष्ट्रिय वाणिज्य बैंककी प्रबन्धक सविता शाही सिमकोट गाउँपालिका–३ को रलिङ मावि मतदान केन्द्र, स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहरा नाम्खा गाउँपालिकाको,
मोतीराम प्रावि मतदान केन्द्र, नापी कार्यालयकी सुधा सापकोटालाई सिमकोट गाउँपालिका–५ को भीमसेन मावि मतदान केन्द्रको जिम्मेवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जानकारी दिएको छ।
मतदानका लागि २१ प्रतिशत महिला परिचालन गरीएको र महिला मतदान अधिकृतको रूपमा खटिएका मतदान केन्द्रमध्ये चार वटा केन्द्रका लागि कार्यालय सहयोगीबाहेक अन्य सबै महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।
मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार सिमकोट ५ मा रहेको भीमसेन मावि मतदान केन्द्रमा कर्मचारी, प्रहरी र म्यादी प्रहरी पनि महिला नै खटाइएको छ ।
जिल्लामा स्थानीय तहको निर्वाचन संचालन हुँदै गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आफूलाई दिएको जिमेबारी आफ्नो क्षमताले भ्याए सम्माका सफल निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित रुपमा सम्मपन्न गर्ने,
सिमकोट गाउपालिका ३ रलिङ मावि मतदान केन्द्रकी मतदान अधिकृत सबिता शाहीले बताइन् ।निर्वाचनका लागि कुल २५४ जना कर्मचारी परिचालन गरिएको र निर्वाचनमा खटाइएका कर्मचारी मध्ये २१ दशमलव २५ प्रतिशत महिला कर्मचारी खटाइएको जनाइएको छ।
जसमा पाँच जना मतदान अधिकृत, पाँच जना सहायक मतदान अधिकृत र ४१ जना सहायक कर्मचारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !